YouVersion लोगो
खोज आइकन

याकूब 1:5-11

याकूब 1:5-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ। तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ। त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ। दीन अवस्‍थाको भाइले आफ्‍नो उच्‍च अवस्‍थामा गर्व गरोस्, र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ। किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:5-11 नेपाली समकालीन संस्करण (NCV)

यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्कीकन दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ, अनि शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। अनि त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। दोहोरो मन भएको मानिस आफूले गर्ने सबै कामहरूमा अस्थिर हुन्छ। दीन अवस्थाको विश्‍वासीहरूले परमेश्‍वरले दिनुभएको आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, तर धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्; किनकि तिनीहरू त घाँसको फूलझैं ओइलाएर जानेछन्। किनकि चर्को रापसित सूर्य उदाउँछ र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, अनि त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:5-11 पवित्र बाइबल (NERV)

तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उद्दार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ। तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ। व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुइ भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन। यदि विश्वासी निर्धन भए ऊ गर्वित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ। यदि विश्वासी धनी भए ऊ गर्वित हुनुपर्छ किनभने ऊ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ। सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:5-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्‍वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्‍वरले नअन्‍कनाई सबैलाई प्रशस्‍त गरिदिनुहुनेछ। तर माग्‍दा शङ्का नगरी विश्‍वास राखेर माग्‍नुपर्छ। शङ्का गर्ने मानिस त हावाको भरमा चल्‍ने समुद्रको छालजस्‍तै हो। त्‍यस्‍ता मानिसले त प्रभुबाट कुनै कुरा पाउँछु भनेर नचिताए पनि हुन्‍छ। यस्‍तो मानिस दोधारे मन भएको र सबै कुरामा चञ्‍चले हुन्‍छ। गरीब अवस्‍थामा भएका भाइहरू हो, जब तिमीहरूको दिन सुध्रन्‍छ, त्‍यस बेला तिमीहरू खुसी होओ। त्‍यसै गरी धनी भाइहरूले गरीब हुनुपर्दा पनि खुसी होऊ किनभने धनी त ओइलिजाने जङ्गली फूलजस्‍तै हुन्। घाम लागेर खडेरी पर्दा फूलको बोटै सुकेर मर्छ। त्‍यसै गरी काम-काजको जन्‍जालमा धनको मालिकले पनि आफ्‍नो जीवन गुमाउँछ।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:5-11

याकूब 1:5-11 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्