YouVersion लोगो
खोज आइकन

याकूब 1:1-18

याकूब 1:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन। मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ। किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ। तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ। तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ। त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ। दीन अवस्‍थाको भाइले आफ्‍नो उच्‍च अवस्‍थामा गर्व गरोस्, र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ। किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ। त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न। तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ। मेरा प्‍यारा भाइ हो, धोकामा नपर। हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन। उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:1-18 नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन! मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूले धेरै किसिमका आपत-विपतहरूको सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ, किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ। तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ। यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्कीकन दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ, अनि शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। अनि त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। दोहोरो मन भएको मानिस आफूले गर्ने सबै कामहरूमा अस्थिर हुन्छ। दीन अवस्थाको विश्‍वासीहरूले परमेश्‍वरले दिनुभएको आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, तर धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्; किनकि तिनीहरू त घाँसको फूलझैं ओइलाएर जानेछन्। किनकि चर्को रापसित सूर्य उदाउँछ र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, अनि त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ। त्यो मानिस धन्यको हो, जो आपत-विपतहरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्‍का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुनचाहिँ परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूको लागि प्रतिज्ञा गर्नुभएको छ। परीक्षामा पर्दा कसैले पनि “परमेश्‍वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्‍ट कुराहरूबाट परमेश्‍वर परीक्षित हुन सक्नुहुन्‍न, न ता उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ। तर हरेक व्यक्‍ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ। त्यसपछि त्यो खराब इच्छा गर्भवती भएर पापलाई जन्माउँछ; र पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ। त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, धोखामा नपर! हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदल्नुहुन्‍न। सृष्‍टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौं भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्‍नुभयो।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:1-18 पवित्र बाइबल (NERV)

परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन। परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन! मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ। किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ। तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उद्दार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ। तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ। व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुइ भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन। यदि विश्वासी निर्धन भए ऊ गर्वित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ। यदि विश्वासी धनी भए ऊ गर्वित हुनुपर्छ किनभने ऊ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ। सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ। त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन। एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ। दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ़छ, यसले मृत्यु जन्माउँछ। मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन। सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ। सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्रभु येशू ख्रीष्‍ट र परमेश्‍वरको कमारो म याकूबले यो पत्र चारैतिर भएका इस्राएलका बाह्रै कुललाई लेख्‍दै छु। तिमीहरूलाई मेरो अभिवादन छ। मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्‍दित होओ। तिमीहरू जान्‍दछौ, जब तिमीहरूको विश्‍वासको जाँच हुन्‍छ, तिमीहरूको सहने शक्ति बढ्छ। तर कुनै कुरामा पनि नचुकी परिपक्‍व र सिद्ध हुन ती जाँचहरू सहँदै स्‍थिर भएर बस्‍न सिक्‍ने गर। तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्‍वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्‍वरले नअन्‍कनाई सबैलाई प्रशस्‍त गरिदिनुहुनेछ। तर माग्‍दा शङ्का नगरी विश्‍वास राखेर माग्‍नुपर्छ। शङ्का गर्ने मानिस त हावाको भरमा चल्‍ने समुद्रको छालजस्‍तै हो। त्‍यस्‍ता मानिसले त प्रभुबाट कुनै कुरा पाउँछु भनेर नचिताए पनि हुन्‍छ। यस्‍तो मानिस दोधारे मन भएको र सबै कुरामा चञ्‍चले हुन्‍छ। गरीब अवस्‍थामा भएका भाइहरू हो, जब तिमीहरूको दिन सुध्रन्‍छ, त्‍यस बेला तिमीहरू खुसी होओ। त्‍यसै गरी धनी भाइहरूले गरीब हुनुपर्दा पनि खुसी होऊ किनभने धनी त ओइलिजाने जङ्गली फूलजस्‍तै हुन्। घाम लागेर खडेरी पर्दा फूलको बोटै सुकेर मर्छ। त्‍यसै गरी काम-काजको जन्‍जालमा धनको मालिकले पनि आफ्‍नो जीवन गुमाउँछ। जाँचको बेलामा टिक्‍न सक्‍ने मानिस नै धन्‍यको हो। दु:खमा स्‍थिर रहनेले नै परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ। यस्‍तो जाँचमा पर्दा कसैले पनि मलाई परमेश्‍वरले परीक्षा गर्नुभयो नभनोस्। परमेश्‍वर दुष्‍ट कुराको परीक्षामा पर्नुहुन्‍न र उहाँले अरूलाई पनि परीक्षामा पार्नुहुन्‍न। प्रत्‍येक मानिस आफ्‍नै खराब इच्‍छाले बरालिएर परीक्षामा पर्छ। यसैकारण आफ्‍नो खराब इच्‍छाले पाप जन्‍माउँछ। त्‍यही पाप पूरा बढेर मृत्‍यु ल्‍याउँछ। प्रिय भाइहरू, तिमीहरूले आफैंलाई धोखा नदेओ। हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्‍डलमा ज्‍योतिहरू सृजना गर्नुहुने परमेश्‍वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्‍न, उहाँ नता बदलिने छायाजस्‍तो हुनुहुन्‍छ। हामी सृष्‍टिका पहिला फलहरूजस्‍तै हुन सकौं भनेर उहाँले आफ्‍नै इच्‍छाद्वारा सत्‍य वचनले हामीलाई सिर्जनुभएको छ।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:1-18

याकूब 1:1-18 NNRVयाकूब 1:1-18 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्