यशैया 7:13-14
यशैया 7:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब यशैयाले भने, “हे दाऊदका घराना, अब सुन! के मानिसहरूको धैर्यलाई जाँच्न यथेष्ट भएन? के तिमीहरू मेरा परमेश्वरको धैर्यलाई जाँच्छौ? यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ।
यशैया 7:13-14 पवित्र बाइबल (NERV)
तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच। तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ, र उसले एउटा छोरो जन्माउनेछ, उसको छोरोको नाउँ इम्मानुएल राखिनेछ।
यशैया 7:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यशैयाले उत्तर दिए, “हे दाऊदका सन्तान अब सुन, तिमीहरूले मानिसहरूको धैर्यलाई जाँचेर पुगेन, के अब परमेश्वरको धैर्यलाई पनि जाँच्ने? यसकारण परमप्रभु आफैंले तिमीलाई एउटा चिनो दिनुहुनेछ; एउटी कन्या गर्भवती हुनेछ र एउटा छोरो जन्माउनेछ र उसको नाम ‘इम्मानुएल’ राखिनेछ।