यशैया 63:7-9
यशैया 63:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले हाम्रा निम्ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु— उहाँको करुणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्य गर्नुभयो। उहाँले भन्नुभयो, “निश्चय नै यी मेरा प्रजा हुन्, ती छोराहरू जसले मलाई धोका दिनेछैनन्।” यसैले उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो। तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्नुभयो।

यशैया 63:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म याहवेहको दयाको बारेमा बताउनेछु, उहाँले हाम्रो निम्ति गर्नुभएका सबै कामअनुसार, जुन कामको निम्ति उहाँको प्रशंसा हुनुपर्छ— हो, उहाँको दया र महान् कृपाअनुसार उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्यहरू गर्नुभएको छ। उहाँले भन्नुभयो, “वास्तवमा तिनीहरू नै मेरा प्रजा हुन्, र ती मेरा छोराहरू, जो मप्रति विश्वासयोग्य रहनेछन्”; अनि यसरी उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो। तिनीहरूका सबै दुःखहरूमा उहाँ आफैँ पनि दुःखित हुनुभयो; अनि उहाँको उपस्थितिका स्वर्गदूतले तिनीहरूका दुःखबाट तिनीहरूलाई बचाए। उहाँले आफ्नो प्रेम र कृपामा तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले तिनीहरूलाई उठाउनुभयो र ती विगतका सबै दिनहरूमा तिनीहरूलाई बोक्नुभयो।
यशैया 63:7-9 पवित्र बाइबल (NERV)
मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो। परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो। मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दु:खी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो, अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
यशैया 63:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको अचुक प्रेमबारे म भन्नेछु, उहाँले हाम्रो निम्ति जे-जति गर्नुभयो, तिनको निम्ति म उहाँको प्रशंसा गर्दछु। आफ्ना कृपा र अटुट प्रेमको कारणले उहाँले इस्राएलका मानिसहरूलाई प्रचुर आशिष् दिनुभएको छ। परमप्रभु भन्नुहुन्छ, “तिनीहरू मेरा निज मानिस हुन्, तिनीहरूले मलाई धोका दिनेछैनन्।” यसैकारण उहाँ तिनीहरूका उद्धारकर्ता हुनुभयो। तिनीहरूलाई बचाउने एउटा स्वर्गदूत होइन तर परमप्रभु आफैं हुनुहुन्थ्यो। आफ्नो प्रेम र करुणामा उहाँले तिनीहरूको उद्धार गर्नुभयो। बितेका दिनमा उहाँले सधैँ तिनीहरूको हेरचाह गर्नुभएथ्यो।