यशैया 59:15-17
यशैया 59:15-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सत्यता कहीँ पनि पाइँदैन, र दुष्टदेखि अलग बस्ने जोसुकै पनि शिकार बन्छ। परमप्रभुले हेर्नुभयो, र न्याय रहेन भनेर उहाँ रिसाउनुभयो। कोही रहेनछ भनी उहाँले देख्नुभयो, र कोही मध्यस्थ पनि नभएकोले अचम्म मान्नुभयो। यसर्थ उहाँकै आफ्नै बाहुलीले त्यसको निम्ति उद्धार ल्याउनुभयो, र उहाँकै धार्मिकताले त्यसलाई थाम्नुभयो। उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्त्र लाउनुभयो र जोशलाई पोशाकजस्तै पहिरिनुभयो।
यशैया 59:15-17 पवित्र बाइबल (NERV)
सत्य हराएर गयो। अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए। परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्। परमप्रभुले ती सबै मन पराउनु भएन। परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो, अनि मानिसहरूलाई उद्धार गर्नु भयो। परमप्रभुले युद्ध तयार गर्नुभयो। परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो। मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक र प्रबल प्रेमको लुगा लगाउनु भयो।
यशैया 59:15-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इमानदारी यति थोरै छ कि दुष्कर्म छोड्ने अरूको शिकार बन्दछ।” परमप्रभुले यी सबै देख्नुभएको छ र न्याय नभएकाले उहाँ दु:खी हुनुहुन्छ। अत्याचारमा परेकाहरूलाई सहायता गर्ने कोही नदेख्दा उहाँ छक्कै परेर दु:खित हुनुभएको छ। यसकारण तिनीहरूलाई उद्धार गर्न र न्याय दिन उहाँले आफ्नै शक्ति प्रयोग गर्नुहुनेछ। उहाँले न्यायलाई छाती-पाताझैँ र मुक्तिलाई कवचझैँ लगाउनुहुनेछ। उहाँ आफैंले सबै कुरा ठीक गर्ने र मानिसहरूले भोगेका अन्यायको निम्ति साटो फेर्न र दण्ड दिने दृढ इच्छाको वस्त्र पहिरहनुहुनेछ।