YouVersion लोगो
खोज आइकन

यशैया 58:7-9

यशैया 58:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्‍नो जात-भाइहरूबाट नलुक्‍नु, होइन र? तब तिमीहरूको ज्‍योति बिहानझैँ फुटेर निस्‍कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्‍तिरको रक्षक हुनेछ। तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्‍ति बिन्‍ती गर्नेछौ, र उहाँले भन्‍नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्‍ना बीचबाट अत्‍याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्‍यापूर्ण कुरा बोल्‍न त्‍याग्‍यौ

शेयर गर्नुहोस्
यशैया 58 पढ्नुहोस्

यशैया 58:7-9 पवित्र बाइबल (NERV)

म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।” यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिँड्नेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ। त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।” तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।

शेयर गर्नुहोस्
यशैया 58 पढ्नुहोस्

यशैया 58:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

भोकाउनेसित आफ्‍नो भोजन बाँडिखाऊ र घर नभएका गरीबलाई आफ्‍नो घर खोलिदेऊ। नाङ्गाहरूलाई कपडा देऊ र आफ्‍ना नातेदारहरूलाई सहायता गर्न इन्‍कार नगर। “तब बिहानको घामझैँ मेरो कृपाको ज्‍योति तिमीहरूमाथि चम्‍कनेछ र तिम्रा चोटहरू छिट्टै निको हुनेछन्। म तिमीहरूका बचाउको निम्‍ति सधैँ तिमीहरूका साथमा हुनेछु, मेरो महिमाले तिमीहरूलाई चारैपट्टिबाट रक्षा गर्नेछ। तिमीहरूले प्रार्थना गर्दा म जवाफ दिनेछु। मलाई पुकार गर्दा म जवाफ दिनेछु। “तिमीहरूले अत्‍याचार, अवहेलना र मुखका हरेक दुष्‍ट बोली छोड्यौ भने

शेयर गर्नुहोस्
यशैया 58 पढ्नुहोस्