यशैया 57:18-19
यशैया 57:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले त्यसका चालहरू देखें, तर त्यसलाई म निको पार्नेछु। म त्यसलाई डोर्याउनेछु, र फेरि सान्त्वना दिनेछु, इस्राएलमा विलाप गर्नेहरूका मुखमा प्रशंसा उत्पन्न गराउनलाई। टाढ़ा र नजिक बस्ने दुवैलाई शान्ति होस्, शान्ति,” परमप्रभु भन्नुहुन्छ। “म तिनीहरूलाई निको पार्नेछु।”
शेयर गर्नुहोस्
यशैया 57 पढ्नुहोस्यशैया 57:18-19 पवित्र बाइबल (NERV)
इस्राएल कहाँ गयो, मैले देखें। यसकारण मैले उसलाई क्षमा दिएँ। मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने। त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्। तिनीहरूलाई मैले एक नयाँ वचन सिकाएँ “शान्ति”। मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु, म ती मानिसहरूलाई क्षमा दिनेछु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
शेयर गर्नुहोस्
यशैया 57 पढ्नुहोस्