यशैया 53:5-7
यशैया 53:5-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ। ऊ थिचोमिचोमा पर्यो, र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोर्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्नो मुख खोलेन।
यशैया 53:5-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्यो; अनि उसका चोटहरूले हामी निको भयौँ। हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। याहवेहले उसैमाथि हामी सबैका अपराधहरू राखिदिनुभएको छ। उसलाई सताइयो र उसलाई कष्ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; उसलाई मारिन लगिएको थुमाझैँ लगियो; ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, उसले आफ्नो मुख खोलेन।
यशैया 53:5-7 पवित्र बाइबल (NERV)
तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो। हामी सबै भेंडा़ जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौ। उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन।
यशैया 53:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर हाम्रा पापका कारणले ऊ घाइते भयो, हाम्रा अधर्मका कारणले उसले चुटाइ खायो। उसले दण्ड भोगेको कारणले हामीले सुख-शान्ति पायौं, उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै बाटो बिराएका भेडाहरूझैँ थियौं, हामी बरालिएर आफ्नै सुरमा हिँड्थ्यौं, तर हामी सबैमाथि पर्नुपर्ने दण्ड परमप्रभुले उसमाथि पारिदिनुभयो। “ऊसित रूखो व्यवहार गरियो तर त्यो उसले नम्र भएर सह्यो, उसले मुखबाट एउटा शब्द पनि निकालेन। काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ उसले आफ्नो मुख खोलेन।