यशैया 53:3-5
यशैया 53:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं। निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
यशैया 53:3-5 पवित्र बाइबल (NERV)
मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं। तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो। तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।
यशैया 53:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले उसलाई तुच्छ ठान्यौं र अस्वीकार गर्यौं, उसले दु:ख र कष्ट सह्यो। कसैले पनि ऊतिर हेरेन, हामीले उसलाई केही नठानी ध्यानै दिएनौं। “निश्चय नै उसले हाम्रा कष्टहरू सह्यो, हाम्रो दु:ख भोग्यो। तर उसले दु:ख-कष्ट भोगेको त उसमाथि परमेश्वरको दण्ड परेको हो भनी हामीले ठान्यौं। तर हाम्रा पापका कारणले ऊ घाइते भयो, हाम्रा अधर्मका कारणले उसले चुटाइ खायो। उसले दण्ड भोगेको कारणले हामीले सुख-शान्ति पायौं, उसको कोर्राको चोटले हामी निको भयौं।