यशैया 53:1-3
यशैया 53:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन। ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
यशैया 53:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कसले हाम्रो समाचारलाई विश्वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ? ऊ उहाँको सामु कलिलो टुसाजस्तो, र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन। मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, दुःखित मानिस, जो कष्टसित परिचित थियो। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।
यशैया 53:1-3 पवित्र बाइबल (NERV)
हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ? ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगाडी हुर्कियो। ऊ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन। मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।
यशैया 53:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“अब जे हामी बयान दिन्छौं, त्यो कसले विश्वास गर्छ र? यस कुरामा परमप्रभुको हात छ भनी कसले देख्ला र? उहाँको अघि सुख्खा जमिनमा एउटा बिरूवाले, जरा हालेझैँ ऊ बढ्यो। उसमा केही मान-मर्यादा वा सुन्दरता थिएन, उसमाथि हाम्रो आँखा परेन पनि। उसको बारेमा कुनै आकर्षित कुरा थिएन, उसका कुनै कुराले हाम्रो मन खिच्न सकेन। हामीले उसलाई तुच्छ ठान्यौं र अस्वीकार गर्यौं, उसले दु:ख र कष्ट सह्यो। कसैले पनि ऊतिर हेरेन, हामीले उसलाई केही नठानी ध्यानै दिएनौं।