यशैया 53:1-2
यशैया 53:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन।
यशैया 53:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कसले हाम्रो समाचारलाई विश्वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ? ऊ उहाँको सामु कलिलो टुसाजस्तो, र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन।
यशैया 53:1-2 पवित्र बाइबल (NERV)
हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ? ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगाडी हुर्कियो। ऊ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन।
यशैया 53:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“अब जे हामी बयान दिन्छौं, त्यो कसले विश्वास गर्छ र? यस कुरामा परमप्रभुको हात छ भनी कसले देख्ला र? उहाँको अघि सुख्खा जमिनमा एउटा बिरूवाले, जरा हालेझैँ ऊ बढ्यो। उसमा केही मान-मर्यादा वा सुन्दरता थिएन, उसमाथि हाम्रो आँखा परेन पनि। उसको बारेमा कुनै आकर्षित कुरा थिएन, उसका कुनै कुराले हाम्रो मन खिच्न सकेन।