यशैया 5:8-9
यशैया 5:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धिक्कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्छौ र तिमीहरू देशको बीचमा एकलै बस्छौ। सर्वशक्तिमान् परमप्रभुले मैले सुन्ने गरी भन्नुभएको छ, “निश्चय नै ठूला-ठूला घरहरू उजाड़ हुनेछन्, र सुन्दर भवनहरू निर्जन हुनेछन्।
यशैया 5:8-9 पवित्र बाइबल (NERV)
तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कहीं कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले जब तिमीहरूलाई दण्ड दिनुहुनेछ तब तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ। सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्।
यशैया 5:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूको विनाश हुनेछ! तिमीहरूले किन्दै घरमाथि घर र खेतमाथि खेत थप्दै छौ। चाँडै अब अरूले बस्ने ठाउँ पाउनेछैनन् र देशमा तिमीहरू मात्र बास गर्नेछौ। सर्वशक्तिमान् परमप्रभुले यसो भन्नुभएको मैले सुनेको छु, “यी ठूला राम्रा घरहरू सबै ध्वंस भई निर्जन हुनेछन्।