YouVersion लोगो
खोज आइकन

यशैया 44:21-23

यशैया 44:21-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“हे याकूब, यी कुरालाई याद राख्, किनकि हे इस्राएल, तँ मेरो दास होस्‌। मैले तँलाई बनाएको हुँ। तँ मेरो दास होस्‌। हे इस्राएल, तँलाई म बिर्सनेछैनँ। मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।” हे आकाश, आनन्‍दले गा, किनकि परमप्रभुले त्‍यसो गर्नुभएको छ। हे भूगर्भ, चर्को सोरले करा। हे पर्वतहरू, वन र त्‍यहाँका सबै रूख हो, उच्‍च सोरले गाओ, किनकि परमप्रभुले मोल तिरेर याकूबलाई छुटाउनुभएको छ, उहाँ आफैले इस्राएलमा आफ्‍नो महिमा देखाउनुहुन्‍छ।

शेयर गर्नुहोस्
यशैया 44 पढ्नुहोस्

यशैया 44:21-23 पवित्र बाइबल (NERV)

“याकूब, यी कुराहरू याद राख। इस्राएल, याद राख, तिमी मेरो सेवक हौ। मैले तिमीलाई बनाएँ! तिमी मेरो सेवक हौ, यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन्। तिम्रो पापहरू ठूलो बादल जस्ता थिए तर मैले ती पापहरू पखालिदिएँ। तिम्रा पापहरू मेटिएर गए, जसरी बादल पातलो हावामा हराउँदछ। मैले तिमीलाई जोगाएँ, अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।” आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो। पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याई सम्म। पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगर्दै गाउँदछन्। जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्। किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो। परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।

शेयर गर्नुहोस्
यशैया 44 पढ्नुहोस्