यशैया 43:18-20
यशैया 43:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु। जङ्गली जनावरहरू, स्यालहरू र लाटोकोसेराहरूले मेरो इज्जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्छु
यशैया 43:18-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ। हेर, म एउटा नयाँ काम गर्दैछु! अहिले नै यो प्रष्ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र उजाडभूमिमा खोलाहरू बनाउँदैछु। जङ्गली जनावरहरू, स्यालहरू र उल्लुहरूले मलाई आदर गर्छन्; किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति मरुभूमिमा पानी र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु।
यशैया 43:18-20 पवित्र बाइबल (NERV)
यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै बर्ष अगडी जे भइसकेको छ त्यसलाई नसोच। किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरुभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुख्खा जग्गाहरूमा नदीहरू बगाउनेछु। यसले गर्दा जङ्गली पशुहरू सम्मले मलाई धन्यवाद प्रकट गर्नेछन्। विशाल पशुहरू र चराहरूले पनि मप्रति धन्यवाद प्रकट गर्नेछ। तिनीहरूले मलाई सम्मान गर्नेछन् जब म मरुभूमिमा पानी पार्नेछु। म यसो गर्नेछु मेरा मानिसहरूलाई पानी दिनलाई-जसलाई मैले रोजे।
यशैया 43:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमप्रभु भन्नुहुन्छ, “बितेका कुराहरू याद नगर, उहिलेका घटनाहरू सम्झिनबस्। मैले के नयाँ कुरा गर्दै छु, त्यो हेर। त्यो कुरा भइरहेको छ, त्यो अहिले तिमीहरू देख्न सक्छौ! म उजाड-भूमिका बीचबाट एउटा बाटो निकाल्नेछु, त्यहाँ खोला बहाउनेछु। जङ्गली जनावरहरूले पनि मलाई आदर गर्नेछन् अनि स्याल र शुतुरमुर्गले मेरो प्रशंसा गाउनेछन्, जुन बेला आफ्ना छानेको प्रजालाई पानी दिन म मरुभूमिमा खोलाहरू बहाउनेछु।