यशैया 42:1-3
यशैया 42:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्न हुन्छु। तिनमा म मेरो आत्मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्याय ल्याउनेछन्। तिनी चिच्च्याउनेछैनन्, वा कराउनेछैनन् अथवा तिनले आफ्नो सोर सड़कमा सुनाउनेछैनन्। फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्। तिनले विश्वस्ततामा न्याय गर्नेछन्।
यशैया 42:1-3 पवित्र बाइबल (NERV)
“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ। उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्। ऊ भद्र हुनेछ, उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।
यशैया 42:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “यो मेरो सेवक हो, जसलाई म बल दिँदछु, जसलाई मैले छानेको छु, जोसित म खुसी छु। मैले त्यसलाई मेरो आत्माले भरेको छु र त्यसले प्रत्येक जातिमा न्याय ल्याउनेछ। त्यो चिच्च्याउनेछैन वा सोर उचाल्नेछैन, बाटो-बाटोमा जोडले बोली सुनाउनेछैन। त्यसले नुहेको निगालोलाई भाँच्नेछैन, निभ्न लागेको दियोलाई निभाउनेछैन, त्यसले सबैसित अटल न्याय गरिदिनेछ।