YouVersion लोगो
खोज आइकन

यशैया 40:27-31

यशैया 40:27-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे याकूब, तँ किन भन्‍छस्‌? हे इस्राएल, तँ किन यस्‍तो गुनासो पोखाउँछस्‌? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्‍वरले मेरो वास्‍ता गर्नुभएको छैन।” के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन? उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ। युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:27-31 पवित्र बाइबल (NERV)

हे याकूबका मानिसहरू! यो सत्य हो। इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ। यसैले तिमी किन भन्छौ, “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्। परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।” नि:सन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सनातनका परमेश्वर हुनुहुन्छ। परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ। जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्। तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ ऊ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँड्छन्।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:27-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे इस्राएल, परमप्रभुले मेरो दु:ख बुझ्‍नुहुन्‍न, मैले अन्‍याय भोगेको वास्‍ता गर्नुहुन्‍न भनी तँ किन दु:ख पोखाउँछस्? के तँ जान्‍दैनस्? के सुनेको छैनस्? परमप्रभु अनन्‍तको परमेश्‍वर हुनुहुन्‍छ, उहाँले सारा संसार बनाउनुभयो। उहाँ कहिल्‍यै थाक्‍नुहुन्‍न, कहिल्‍यै गल्‍नुहुन्‍न, उहाँका विचार कसैले बुझ्‍दैनन्। उहाँले थाकेका र दुर्बल भएकाहरूलाई बल दिनुहुन्‍छ। जवानहरू पनि दुर्बल हुन्‍छन्, जवानहरू थाकेर लड्छन्, तर ज-जसले परमप्रभुमाथि मद्दतको लागि भरोसा राख्‍दछन्, तिनीहरूले फेरि नयाँ बल पाउँदछन्। तिनीहरू चिलझैँ मास्‍तिर उड्‍नेछन्। दगुरेर पनि थाक्‍नेछैनन्। तिनीहरू हिँड्‍नेछन् तर गल्‍नेछैनन्।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्