YouVersion लोगो
खोज आइकन

यशैया 40:1-5

यशैया 40:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, मेरो प्रजालाई सान्‍त्‍वना, सान्‍त्‍वना। विनम्र भएर यरूशलेमलाई भन। त्‍यसका दासत्‍वको सेवा पूरा भएको छ, त्‍यसका पापहरू क्षमा गरिएको छ अनि त्‍यसले परमप्रभुको हातबाट आफ्‍ना सबै पापका निम्‍ति दोबर पाएको छ भनी त्‍यसलाई घोषणा गर। कसैले बोलाइरहेको एउटा आवाज सुनिन्‍छ: “मरुभूमिमा परमप्रभुको निम्‍ति बाटो तयार गर। उजाड़-स्‍थानमा हाम्रा परमेश्‍वरको निम्‍ति मूलबाटो समतल बनाऊ। हरेक उपत्‍यका अल्‍गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्‍याइनेछ। बाङ्गो-टेढ़ो जग्‍गा सीधा बनाइनेछ, र खाल्‍टाखुल्‍टी समतल बनाइनेछ। अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्‍यो एकैसाथ देख्‍नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।”

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:1-5 पवित्र बाइबल (NERV)

तिमीहरूका परमेश्वरले भन्नुहुन्छ, “मेरा मानिसहरूलाई सान्त्वना देऊ, सान्त्वना देऊ। नम्र भएर यरूशलेमलाई भन, ‘तिमीहरूको सेवाको अवधि सकिएको छ। तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।’ परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुइपल्ट दण्ड दिनु भएकोछ।” सुन, कोही मानिस चिच्याइरहेको छ! “मरुभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरुभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ। प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ। तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, “मेरा प्रजालाई सान्‍त्‍वना देऊ! तिनीहरूलाई सान्‍त्‍वना देऊ! यरूशलेमका मानिसहरूलाई साहस देओ, तिनीहरूलाई भन कि तिनीहरूले लामो समयदेखि कष्‍ट भोगेका छन् र अहिले तिनीहरूका पाप क्षमा भएको छ। तिनीहरूका पापको लागि मैले तिनीहरूलाई पूरा दण्‍ड दिएको छु।” एउटा आवाज सुनिन्‍छ, “उजाड-स्‍थानमा परमप्रभुको निम्‍ति एउटा बाटो तयार पार! मरुभूमिमा हाम्रा परमेश्‍वरको निम्‍ति एउटा बाटो सीधा पार! हरेक बेसीमा माटो भर, हरेक पर्वत होच्‍याओ? डाँडाहरू मैदान बनिनेछन् र खाल्‍टा-खुल्‍टी जमिन समतल पारिनेछ। तब परमप्रभुको महिमा प्रकट हुनेछ, सबै मानिसहरूले एकसाथ देख्‍नेछन् किनभने परमप्रभु आफैंले यस्‍तो प्रतिज्ञा गर्नुभएको छ।”

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्