यशैया 40:1-2
यशैया 40:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका परमेश्वर भन्नुहुन्छ, मेरो प्रजालाई सान्त्वना, सान्त्वना। विनम्र भएर यरूशलेमलाई भन। त्यसका दासत्वको सेवा पूरा भएको छ, त्यसका पापहरू क्षमा गरिएको छ अनि त्यसले परमप्रभुको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ भनी त्यसलाई घोषणा गर।
यशैया 40:1-2 पवित्र बाइबल (NERV)
तिमीहरूका परमेश्वरले भन्नुहुन्छ, “मेरा मानिसहरूलाई सान्त्वना देऊ, सान्त्वना देऊ। नम्र भएर यरूशलेमलाई भन, ‘तिमीहरूको सेवाको अवधि सकिएको छ। तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।’ परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुइपल्ट दण्ड दिनु भएकोछ।”
यशैया 40:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूका परमेश्वर भन्नुहुन्छ, “मेरा प्रजालाई सान्त्वना देऊ! तिनीहरूलाई सान्त्वना देऊ! यरूशलेमका मानिसहरूलाई साहस देओ, तिनीहरूलाई भन कि तिनीहरूले लामो समयदेखि कष्ट भोगेका छन् र अहिले तिनीहरूका पाप क्षमा भएको छ। तिनीहरूका पापको लागि मैले तिनीहरूलाई पूरा दण्ड दिएको छु।”