यशैया 39:6-7
यशैया 39:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो समय निश्चय नै आउनेछ, जब तेरो दरबारमा भएका तेरा पुर्खाहरूले आजको दिनसम्म सञ्चय गरेका सबै थोक बेबिलोनमा लगिनेछन्, केही पनि छोड़िनेछैन, परमप्रभु भन्नुहुन्छ। तेरा कतिपय सन्तान, जन्मिएका तेरा रगत र मासु त्यहाँ कैदमा लगिनेछन्, र तिनीहरू बेबिलोनका राजाको महलमा नपुंसक बन्नेछन्।”
यशैया 39:6-7 पवित्र बाइबल (NERV)
‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ यी कुराहरू सेनाहरूका परमप्रभुले भन्नुभयो। बेबिलोनिहरूले तिम्रो आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिम्रो छोराहरू बाबेलका राजाका महलमा कारिन्दाहरू हुनेछन्।”
यशैया 39:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यशैयाले राजालाई भने, “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि ‘यस्तो समय आउँदै छ, जब तपाईंको महलमा भएका र आजसम्म तपाईंका पिता-पुर्खाले भण्डारमा जम्मा गरेका हरेक वस्तु बेबिलोनियामा लगिनेछन्। केही कुरा छोडिनेछैन। तपाईंका आफ्नै सन्तानहरू कोही-कोही लगिनेछन् र बेबिलोनियाका राजाको राजमहलमा सेवा गर्नको निम्ति नपुंसक बनाइनेछन्’।”