यशैया 37:30
यशैया 37:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे हिजकिया, तेरो निम्ति चिन्ह यही हुनेछ: “यो वर्षचाहिँ आफै उम्रेको कुरो तिमीहरूले खानेछौ, र दोस्रो वर्षचाहिँ त्यहीँबाट उम्रेको, तर तेस्रो वर्षचाहिँ तिमीहरू छर, कटनी गर, दाखबारी लगाओ र तिनका फल फलाओ।
यशैया 37:30 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभुले हिजकियाहलाई भन्नुभयो, “म तिमीलाई यी शब्दहरू सत्य हुन भनी देखाउने एउटा यस्तो संकेत दिने छु। तिमी बिऊ छर्न अयोग्य थियौ। यसैले यो बर्ष तिमी बिऊ नछरी उम्रिएको नै खानेछौ। तर तीन बर्षमा तिमी आफैंले रोपेको अन्न खानेछौ। तिमीहरू ती अन्नहरू उमार्नेछौ अनि तिमीसित खानलाई प्रचूर अन्न हुनेछ। तिमी अङ्गुरका विरूवा रोप्नेछौ अनि त्यसको फल खानेछौ।
यशैया 37:30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि यशैयाले हिजकिया राजालाई भने, “के हुनेछ, त्यो त्यसको सङ्केत हो। यो वर्ष र आउँदो वर्ष तिमीहरूले खानलाई जङ्गली अन्न मात्र पाउनेछौ तर त्यसपछिको वर्ष तिमीहरूले बिउ रोप्न र कटनी गर्न सक्नेछौ र दाखको बोट लाएर त्यसको फल खान सक्नेछौ।