यशैया 32:5-7
यशैया 32:5-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्ख मानिस फेरि कहिल्यै भला मानिस भनिनेछैन, न त बदमाशलाई ठूलो आदर नै दिइनेछ। किनकि मूर्ख मानिसले मूर्खताकै कुरा गर्छ, र त्यसको मन दुष्ट काममा व्यस्त रहन्छ, त्यसले अधार्मिक काम गर्छ र परमप्रभुको विषयमा गलत कुरो फैलाउँछ। त्यसले भोकाएकाहरूलाई रित्तै पठाउँछ, र तिर्खाउनेहरूका निम्ति पानी नै दिँदैन। बदमाशहरूको चाल दुष्टै हुन्छ, दरिद्रहरूका माग न्यायसङ्गत भए तापनि गरीबहरूलाई झूटो कुराले नाश गर्नलाई त्यसले दुष्ट उपायहरू रच्दछ।
यशैया 32:5-7 पवित्र बाइबल (NERV)
मूर्ख मानिसहरूलाई महान मानिसहरू भनिने छैन्। मानिसहरूले तिनीहरूलाई आदर गर्दैनन्। जसले गुप्त रूपमा योजना बनाउँछन्। मूर्ख मानिसहरूले मूर्ख कुराहरू नै गर्छन्, अनि उसको हृदयमा दुष्ट कामहरू गर्ने योजनाहरू हुँदछ। मूर्ख मानिसहरूले ती कुराहरू नै गर्न चाहन्छन् जुन गल्ती छ। मूर्ख मानिसहरूले गरीब मानिसहरूलाई भोजन गर्न दिदैन्। मूर्ख मानिसहरूले परमप्रभुको बारेमा अधार्मिक कुराहरू भन्दछन्। मूर्ख मानिसहरूले तिर्खाएका मानिसहरूलाई पानी पिउन दिंदैनन्। त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झूटो कुराहरू गर्दछ। अनि त्यस्ता झूटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।
यशैया 32:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कसैले पनि मूर्खलाई आदरणीय ठान्दैनन् वा दुष्टलाई इमानदार भन्नेछैन। मूर्खले मूर्ख बोली गर्छ र दुष्ट कुरा सोच्दछ। त्यसका बोली र कर्मले परमप्रभुको अपमान हुँदछ। त्यसले कहिल्यै भोकालाई खुवाउँदैन वा तिर्खाएकालाई पिउन दिँदैन। दुष्टले दुष्ट तरिकाले काम गर्छ। त्यसले गरीबलाई झूटले नाश पार्ने र न्याय पाउनदेखि रोक्ने जाल गर्छ।