यशैया 30:19-21
यशैया 30:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे यरूशलेममा बस्ने सियोनका मानिस हो, तिमीहरू अब फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रोएका सुनेर उहाँ कत्ति अनुग्रहमय हुनुहुनेछ! तिमीहरूको बिन्ती सुन्ने बित्तिकै उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ। परमप्रभुले तिमीहरूलाई दु:खको रोटी र क्लेशको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू अझ लुकाइनेछैनन्। तिमीहरूका आफ्नै आँखाले तिमीहरूले तिनीहरूलाई देख्नेछौ। तिमीहरू दाहिने अथवा देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड़।”
यशैया 30:19-21 पवित्र बाइबल (NERV)
परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ। अतीतमा, मेरो मालिकले तिमीहरूलाई दु:ख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ। तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”
यशैया 30:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमी यरूशलेमका बासिन्दाहरू अब उसो रुनेछैनौ। परमप्रभु दयालु हुनुहुन्छ र तिमीहरूले मद्दतको निम्ति उहाँलाई पुकार्दा उहाँले जवाफ दिनुहुन्छ। परमप्रभुले तिमीहरूलाई सङ्कष्टको समयमा जान लगाए पनि उहाँ आफैं तिमीहरूलाई शिक्षा दिन तिमीहरूका साथ रहनुहुनेछ र तिमीहरूले अझै उहाँको खोजी गर्नुपर्दैन। तिमीहरूले दायाँ वा बायाँ बाटो बिरायौ भने पछिल्तिरबाट उहाँको सोर सुन्नेछौ, “बाटो यही हो। यसैमा हिँड्।”