YouVersion लोगो
खोज आइकन

यशैया 11:1-10

यशैया 11:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यिशैको ठुटाबाट एउटा टुसा निस्‍कनेछ, त्‍यसका जराहरूबाट निस्‍केको हाँगाले फल फलाउनेछ। परमप्रभुका आत्‍मा उहाँमा रहनुहुनेछ— बुद्धि र समझका आत्‍मा, सल्‍लाह र शक्तिका आत्‍मा, ज्ञान र परमप्रभुको भयको आत्‍मा अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्‍न हुनुहुनेछ। आँखाले देखेर उहाँले इन्‍साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन। तर खाँचोमा परेकाहरूको न्‍याय उहाँले धार्मिकतासित गर्नुहुनेछ, र पृथ्‍वीका गरीबहरूका लागि उहाँले न्‍यायसित फैसला गरिदिनुहुनेछ। आफ्‍नो मुखको लाठोले उहाँले पृथ्‍वीलाई हिर्काउनुहुनेछ, र आफ्‍नो ओठको सासले दुष्‍टलाई नाश गर्नुहुनेछ। उहाँको पेटी धार्मिकता हुनेछ, र उहाँको कम्‍मरको पटुका सत्‍यता हुनेछ। ब्‍वाँसोचाहिँ थुमासित बस्‍नेछ, र चितुवा पाठासित सुतेर बस्‍नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ। गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्‍केर बस्‍नेछन्‌। र सिंहले गोरुले झैँ पराल खानेछ। दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्‍नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्‍नो हात हाल्‍नेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्‍सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्‍वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ। त्‍यस दिन मानिसहरूका निम्‍ति यिशैको वंशबाट एउटा झन्‍डाजस्‍तै खड़ा हुनेछ। जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्‍थान महिमामय हुनेछ।

शेयर गर्नुहोस्
यशैया 11 पढ्नुहोस्

यशैया 11:1-10 पवित्र बाइबल (NERV)

यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढ्ने छ। परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ। त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्। उसले गरीब मानिसहरूलाई निष्पक्ष र इमानदारीपूर्वक न्याय गर्नेछ। त्यस ठाउँका मानिसहरूलाई के गर्ने निर्णय गर्दछ त्यस बेला ऊ निष्पक्ष रहनेछ। यदि उसले गरीब मानिसहरूलाई कुट्नु परे, पहिले उसले त्यसको निम्ति आदेश दिनेछन् र ती मानिसहरू कुटिनेछन्। यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ। त्यसबेला ब्वाँसोहरू थुमाहरूसँग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसँग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसँग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसँगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्। सर्पले पनि मानिसहरूलाई केहिगर्ने छैन। एक बालक गोमन सर्पसँग घरको छेउमा खेल्ने छ। एउटा बालकले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ। यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्। त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

शेयर गर्नुहोस्
यशैया 11 पढ्नुहोस्

यशैया 11:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाऊदको राजवंश काटिढालेको रूखझैँ छ तर ठुटोबाट नयाँ हाँगा उम्रेझैँ दाऊदको सन्‍तानबाट एउटा नयाँ राजा उठ्‍नेछन्। परमप्रभुको आत्‍माले उनलाई बुद्धि, ज्ञान र प्रजालाई शासन गर्न सीप दिनुहुनेछ। उनले परमप्रभुको इच्‍छा बुझ्‍नेछन्, उहाँलाई आदर गर्नेछन् र उहाँका आज्ञापालनमा आनन्‍दित मान्‍नेछन्। उनले मुख हेरेर वा अरूका कुरा सुनेर इन्‍साफ गर्नेछैनन्। गरीबको इन्‍साफ ठीकसित गर्नेछन् र असहायहरूको रक्षा गर्नेछन्। उनको आज्ञाले अपराधी मानिसहरूले दण्‍ड पाउनेछन् र दुष्‍टहरू मारिनेछन्। न्‍याय र इमानदारीसाथ उनले आफ्‍ना प्रजामाथि शासन गर्नेछन्। ब्‍वाँसा र भेडा एकसाथ शान्‍तिसित बास गर्नेछन् र चितुवाहरू पाठासित सुत्‍नेछन्। बाछा र सिंहका डमरु एकसाथ खानेछन् र साना बालकहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। गाई र भालु एकसाथ खानेछन् र तिनका बच्‍चाहरू एकैसाथ शान्‍तिसित सुत्‍नेछन्। सिंहले गोरुले झैँ पराल खानेछ। विषालु सर्पसित खेल्‍दा पनि दूधे-बालकलाई हानि हुनेछैन। परमेश्‍वरको पवित्र पर्वत सियोनमा कुनै हानिकारक वा दुष्‍ट कुरा रहनेछैन। समुद्रचाहिँ पानीले भरिएझैँ पृथ्‍वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ। त्‍यो दिन दाऊदको वंशबाट एक जना नयाँ राजा राष्‍ट्रहरूका बीचमा एउटा चिनोको रूपमा खडा हुनेछन्। मानिसहरू दाऊद राजाको सहरमा भेला हुनेछन् र उनलाई आदर गर्नेछन्।

शेयर गर्नुहोस्
यशैया 11 पढ्नुहोस्