YouVersion लोगो
खोज आइकन

यशैया 1:13-17

यशैया 1:13-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

व्‍यर्थका बलिहरू नल्‍याओ। तिमीहरूको धूप त मेरो निम्‍ति घिनलाग्‍दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्‍ट जमघटहरू म सहन सक्‍दिनँ। तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्‍ति भार भएका छन्‌। ती बोक्‍दा-बोक्‍दा म थाकेको छु। तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌। आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्‍ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।

शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्

यशैया 1:13-17 पवित्र बाइबल (NERV)

“व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउँछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु। मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु। “तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्। “आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर! राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”

शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्

यशैया 1:13-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूका भेटीहरू ल्‍याउनु व्‍यर्थ छ। तिमीहरूले बालेका धूपसित म विरक्त भइसकें। तिमीहरूका औंसीका चाड, विश्रामको दिन पालन र धार्मिक सभाहरू मैले सहन नसक्‍ने भएका छन्। तिमीहरूका पापले गर्दा ती भ्रष्‍ट भएका छन्। म तिम्रा औंसी र अरू पवित्र चाडका दिनहरूलाई घृणा गर्दछु। ती मैले बोक्‍न नसक्‍ने भार भएका छन्। “तिमीहरूले प्रार्थनामा हात उचाल्‍दा म आफ्‍नो मुख अर्कोतिर फर्काउनेछु। तिमीहरूले जति धेरै प्रार्थना गरे पनि म ती सुन्‍नेछैनँ किनभने तिमीहरूका हातमा हत्‍या गरेका रगत लागेको छ। आफैंलाई धोएर चोखो पार। जुन दुष्‍कर्म तिमीहरूले गरेको म देख्‍दछु, ती बन्‍द गर। हो, दुष्‍कर्म छोड र ठीक काम गर्न सिक। सबैको निसाफ गर, अत्‍याचारमा परेकाहरूलाई सहायता गर, टुहुरा-टुहुरीहरूको हकको खोजी गरिदेऊ, रक्षा गरिदेऊ र विधवाको पक्षमा बोल।”

शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्