हिब्रू 6:19-20
हिब्रू 6:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा आत्माको निम्ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।
हिब्रू 6:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ।
हिब्रू 6:19-20 पवित्र बाइबल (NERV)
हाम्रो आशा एउटा लङ्गूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ। येशू अघिबाटै त्यस ठाउँमा पसिसक्नुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।
हिब्रू 6:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यही आशामाथि हाम्रो जीवन अडिएको छ। यो साँचो र पक्का छ। यो स्वर्गीय मन्दिरको पर्दादेखि महापवित्र स्थानसम्म जान्छ। हाम्रो लागि येशू हामीभन्दा अघि नै त्यस ठाउँमा गएर बसिसक्नुभएको छ। मल्कीसेदेक पूजाहारीजस्तै उहाँ सधैँको लागि प्रधान पूजाहारी हुनुभएको छ।