हिब्रू 5:7-8
हिब्रू 5:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बड़ो क्रन्दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो। उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो
हिब्रू 5:7-8 नेपाली समकालीन संस्करण (NCV)
येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्विन्ती चढाउनुभयो, र उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो। उहाँ परमेश्वरका पुत्र हुनुभए तापनि उहाँले कष्ट सहनुभएर आज्ञाकारीता सिक्नुभयो।
हिब्रू 5:7-8 पवित्र बाइबल (NERV)
जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो।
हिब्रू 5:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा आफूलाई मरेकोबाट बचाउन सक्नुहुनेसँग रुँदै आँसु बगाएर बिन्ती र प्रार्थना चढाउनुभयो। उहाँको नम्रता र भक्तिले गर्दा नै परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो। परमेश्वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्टबाट उहाँले परमेश्वरको आज्ञा मान्न सिक्नुभयो।