YouVersion लोगो
खोज आइकन

हिब्रू 5:1-14

हिब्रू 5:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्। तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्। यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ। अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ। यसरी ख्रीष्‍टले पनि प्रधान पुजारी हुने महिमा आफैँले लिनुभएन, तर परमेश्‍वरले ख्रीष्‍टलाई भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।” अनि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।” येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो। उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो। एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो; अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी नियुक्त हुनुभयो। हामीलाई यस विषयमा भन्‍नुपर्ने कुराहरू धेरै नै छन्, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ। वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ! दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ। तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्‍न सक्ने तालिम पाइसकेका हुन्छन्।

शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्

हिब्रू 5:1-14 पवित्र बाइबल (NERV)

कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ। प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुझ्न नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्। प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ। प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफूले आफैंलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ। उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैंलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो: “तिमी मेरा पुत्र हौ। आजदेखि म तिम्रा पिता भएँ।” धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो, “मल्कीसेदेक जस्तो, तिमी सदा-सदाको लागि पूजाहारी बन्ने छौ।” जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो। तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो। अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो। हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिक्ने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ। वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन। दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन। तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।

शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्

हिब्रू 5:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

प्रत्‍येक प्रधान पूजाहारी मानिसहरूमध्‍येबाट छानिन्‍छ, र मानिसहरूको पक्षमा पापको निम्‍ति परमेश्‍वरमा भेटी र बलिदानहरू चढ़ाउन नियुक्त गरिन्‍छ। अजान र कुबाटोतिर लागेकाहरूसँग तिनले नम्रतासाथ व्‍यवहार गर्न सक्‍तछ, किनभने तिनी आफै पनि दुर्बलताले घेरिएको हुन्‍छ। यसैकारण मानिसहरूका पापको निम्‍ति मात्र होइन, तर आफ्‍नै पापको निम्‍ति पनि बलिदान चढ़ाउन तिनलाई कर लाग्‍छ। कसैले यो सम्‍मान आफै लिन सक्‍दैन, तर हारूनजस्‍तै तिनलाईं परमेश्‍वरले बोलाउनुहुन्‍छ। ख्रीष्‍टले पनि प्रधान पूजाहारी हुन आफैले आफैलाई उच्‍च पार्नुभएन, तर उहाँलाई यसो भन्‍नुहुनेबाट नियुक्त हुनुभयो, “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु।” अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्‍छ, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।” येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुनेलाई उहाँले बड़ो क्रन्‍दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्‍नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो। उहाँ पुत्र हुनुहुन्‍थ्‍यो, तापनि आफूले भोग्‍नुभएको कष्‍टद्वारा उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो, र सिद्ध तुल्‍याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो। मल्‍कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्‍वरद्वारा उहाँ नियुक्त हुनुभयो। यस विषयमा हामीलाई भन्‍नु त धेरै छ, तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्‍ने शक्ति मन्‍द भएको छ। किनकि यतिको समयसम्‍म त तिमीहरू शिक्षक भइसक्‍नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्‍छ। दूध मात्र खाएर बाँच्‍ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्‍यो बालकै हुन्‍छ। खँदिलो भोजन त परिपक्‍व मानिसहरूका निम्‍ति हो। यिनीहरूको मानसिक शक्ति निरन्‍तर अभ्‍यासद्वारा असल र खराब छुट्ट्याउन सक्‍ने भएको हुन्‍छ।

शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्

हिब्रू 5:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्। तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्। यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ। अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ। यसरी ख्रीष्‍टले पनि प्रधान पुजारी हुने महिमा आफैँले लिनुभएन, तर परमेश्‍वरले ख्रीष्‍टलाई भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।” अनि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।” येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो। उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो। एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो; अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी नियुक्त हुनुभयो। हामीलाई यस विषयमा भन्‍नुपर्ने कुराहरू धेरै नै छन्, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ। वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ! दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ। तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्‍न सक्ने तालिम पाइसकेका हुन्छन्।

शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्

हिब्रू 5:1-14 पवित्र बाइबल (NERV)

कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ। प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुझ्न नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्। प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ। प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफूले आफैंलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ। उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैंलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो: “तिमी मेरा पुत्र हौ। आजदेखि म तिम्रा पिता भएँ।” धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो, “मल्कीसेदेक जस्तो, तिमी सदा-सदाको लागि पूजाहारी बन्ने छौ।” जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो। तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो। अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो। हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिक्ने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ। वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन। दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन। तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।

शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्

हिब्रू 5:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कुनै पनि प्रधान पूजाहारी मानिसहरूबाटै छानिन्‍छन्, मानिसका तर्फबाट परमेश्‍वरकहाँ पापबलि र अरू थोक चढाउन खटिएका हुन्‍छन्। उनले अन्‍जान र बाटो बिराउनेहरूलाई नम्र भएर सम्‍झाउन सक्‍छन् किनभने उनी आफैं पनि कमजोर मानिस हुन्। त्‍यसैले अरू मान्‍छेहरूका लागि चोख्‍याउने पापबलि चढाउँदा उनले आफ्‍नै पाप चोख्‍याउने बलि पनि चढाउनुपर्छ। कोही पनि आफैं प्रधान पूजाहारी हुने मान खोज्‍दैन, तर परमेश्‍वरले खटाएर मात्र हुन्‍छ। हारूनलाई परमेश्‍वरले नै प्रधान पूजाहारी खटाउनुभएको थियो। यसरी नै ख्रीष्‍टले पनि प्रधान पूजाहारी हुने मान आफैंले लिनुभएन। तर परमेश्‍वरले भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु।” अनि अर्को ठाउँमा परमेश्‍वर भन्‍नुहुन्‍छ, “तिमी मल्‍कीसेदेकजस्‍तै सधैँभरि रहिरहने पूजाहारी हौ।” येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा आफूलाई मरेकोबाट बचाउन सक्‍नुहुनेसँग रुँदै आँसु बगाएर बिन्‍ती र प्रार्थना चढाउनुभयो। उहाँको नम्रता र भक्तिले गर्दा नै परमेश्‍वरले उहाँको प्रार्थना सुन्‍नुभयो। परमेश्‍वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्‍टबाट उहाँले परमेश्‍वरको आज्ञा मान्‍न सिक्‍नुभयो। उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्‍ने मान्‍छेहरूका निम्‍ति उहाँ अनन्‍त मुक्तिको मूल हुनुभयो। अनि परमेश्‍वरले नै उहाँलाई मल्‍कीसेदेकको जस्‍तै प्रधान पूजाहारीको दर्जा दिनुभयो। यस बारेमा भन्‍नुपर्ने कुरा धेरै छन्। तर तिमीहरू अबुझ हुनाले बुझाउनै गाह्रो छ। अहिलेसम्‍म त तिमीहरू अरूलाई सिकाउने भइसक्‍नुपर्थ्‍यो, तर अझै परमेश्‍वरको शिक्षाको बारेमा प्राथमिक कुरा पनि थाहा नभएर अरू कसैले सिकाउनुपर्लाजस्‍तो छ। अलिक खँदिलो खानेकुराको सट्टा अझै तिमीहरू आमाको दूध चुस्‍ने बालकजस्‍तै छौ। आमाको दूध मात्र चुस्‍छ भने त त्‍यो अझै बालकै छ। असल र खराबको ज्ञान त्‍यसले पाएको छैन। तर खँदिलो खानेकुराचाहिँ हुर्किसकेको मान्‍छेको लागि हो। उसले त असल र खराब कुरा छुट्टयाउन सक्‍ने तालिम पाइसकेको हुन्‍छ।

शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्