हिब्रू 13:14-16
हिब्रू 13:14-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं। यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो। भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।
हिब्रू 13:14-16 नेपाली समकालीन संस्करण (NCV)
किनकि यस पृथ्वीमा हाम्रो स्थायी शहर छैन, तर हामी त आउनेवाला शहरको प्रतीक्षा गरिरहेका छौं। यसकारण हामी येशूद्वारा परमेश्वरलाई सदैव प्रशंसाको बलिदान चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो। अनि भलाइ गर्न र अरूसित बाँडचुँड गर्न नबिर्स; किनकि यस्तो बलिदानद्वारा परमेश्वर प्रसन्न हुनुहुन्छ।
हिब्रू 13:14-16 पवित्र बाइबल (NERV)
यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
हिब्रू 13:14-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने यस संसारमा सधैँभरि रही रहने हाम्रो लागि सहर छैन। हामी त पछि आउने सहरको बाटो हेरेर बसिरहेका छौं। यसकारण हामी सधैँ येशूको नाउँमा परमेश्वरलाई स्तुतिको बलिदान चढाऔं। यो त उहाँको नाउँ लिनेहरूका ओठले चढाएको भेटी हो। एक-अर्काको भलाइ गर्न र मद्दत गर्न नबिर्स। परमेश्वरलाई मन पर्ने बलिदान यही नै हो।