YouVersion लोगो
खोज आइकन

हिब्रू 13:1-25

हिब्रू 13:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भातृ-प्रेम बनिरहोस्‌। परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌। आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्‍यालखानमा हुनेहरूको ख्‍याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्‍याचारमा परेकाहरूलाई पनि सम्‍झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ। सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ। तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।” यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?” आफ्‍ना अगुवाहरूको सम्‍झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्‍यान देओ, र तिनीहरूका विश्‍वासको अनुकरण गर। येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ। विभिन्‍न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्‍बन्‍धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्‍यस्‍ता विधि पालन गर्नेहरूको उपकार भएको छैन। हाम्रो एउटा वेदी छ, जसबाट पवित्र वासस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। प्रधान पूजाहारीले पापबलिको निम्‍ति जनावरको रगत महापवित्र स्‍थानमा ल्‍याउँछन्, तर तिनका शरीरचाहिँ छाउनीबाहिर लगेर जलाइन्‍छन्‌। यसकारण येशूले पनि उहाँको आफ्‍नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्‍ट भोग्‍नुभयो। यसैकारण हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको बेइज्‍जत हामी पनि सहौं। किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं। यसकारण परमेश्‍वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्‍तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो। भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ। तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन। हाम्रो निम्‍ति प्रार्थना गर। हामीलाई निश्‍चय छ कि हाम्रो विवेक स्‍वच्‍छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ। तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्‍ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ। अब भेड़ाका महान्‌ गोठाला हाम्रा प्रभु येशूलाई अनन्‍त करारको रगतद्वारा मृत्‍युबाट जीवित पार्नुहुने शान्‍तिका परमेश्‍वरले तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्‍छा पूरा गर्न सक। जे परमेश्‍वरलाई मनपर्दो छ येशू ख्रीष्‍टद्वारा उहाँले तिमीहरूमा गरून्‌। उहाँको महिमा युगानयुग भइरहोस्‌। आमेन। भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु, कि मेरो अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु। तिमीहरूलाई यो थाहा दिन चाहन्‍छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्‌। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्‌न आउनेछु। तिमीहरूका सबै अगुवाहरू र सबै सन्‍तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। तिमीहरू सबैसँग अनुग्रह रहोस्‌। आमेन।

शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्

हिब्रू 13:1-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एक-अर्कालाई दाजुभाइ-दिदीबहिनीहरूलाई झैँ प्रेम गरिरहो। अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अनजानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्। कैदीहरूलाई तिमीहरू आफू पनि सङ्गी-कैदी भएझैँ र दुर्व्यव्यवहारमा परेकाहरूलाई तिमीहरू आफैँले कष्‍ट भोग गरेझैँ सम्झिदेओ। विवाहलाई सबैले आदरणीय मानून्, र ओछ्यान नबिटुलियोस्; किनकि परमेश्‍वरले व्यभिचारी र सबै अनैतिक सम्बन्धहरूको न्याय गर्नुहुन्छ। तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्‍ट रहो; किनकि परमेश्‍वरले धर्मशास्त्रमा भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।” यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?” आफ्ना अगुवाहरूको सम्झना गर, जसले तिमीहरूलाई परमेश्‍वरको वचन सिकाएका थिए। तिनीहरूका जीवनको परिणामलाई विचार गरेर तिनीहरूका विश्‍वासको अनुकरण गर। येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ। सबै किसिमका अनौठा शिक्षाहरूका भ्रममा नपर। हाम्रो हृदयलाई अनुग्रहद्वारा बलियो पार्नु असल छ, तर धर्म विधिअनुसारको भोजनले होइन, जुनचाहिँ खानेहरूको लागि कुनै मूल्यको हुँदैन। हाम्रो एउटा वेदी छ, ती वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन र? प्रधान पुजारीले पाप शुद्धीकरणको बलिको रूपमा पशुहरूको रगत महा-पवित्रस्थानमा लिएर जान्छन्, तर शरीर त छाउनीबाहिर नै जलाइन्छन्। यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई सहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो। त्यसो भए, हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔँ, र उहाँले सहनुभएको अपमान सहौँ। किनकि यस पृथ्वीमा हाम्रो स्थायी सहर छैन, तर हामी त आउनेवाला सहरको प्रतीक्षा गरिरहेका छौँ। यसकारण हामी येशूद्वारा परमेश्‍वरलाई सदैव प्रशंसाको बलिदान चढाऔँ, जो उहाँको नाम स्वीकार गर्ने हाम्रो ओठको फल हो। अनि भलाइ गर्न र अरूसित बाँडचुँड गर्न नबिर्स; किनकि यस्तो बलिदानद्वारा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ। तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधिकारको अधीनमा बस; किनकि तिनीहरूले परमेश्‍वरलाई आफ्नो सेवाको लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्दछन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्, दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन। हाम्रो निम्ति प्रार्थना गर। हाम्रो विवेक सफा छ भन्‍ने हामी निश्‍चित छौँ; अनि हरेक प्रकारले आदरसाथ जिउने चाहना गर्छौँ। म तिमीहरूलाई प्रार्थना गर्न विशेष आग्रह गर्दछु, ताकि म फेरि चाँडै तिमीहरूकहाँ आउन सकूँ। अब शान्तिका परमेश्‍वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो; उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्। येशू ख्रीष्‍टद्वारा उहाँलाई मनपर्ने कामहरू उहाँले हामीमा गरेका होऊन्। उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन। अनि दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई मेरो अर्ती सुनिदेओ भनी आग्रह गर्दछु; किनकि मैले तिमीहरूलाई एउटा छोटो पत्र लेखेको छु। हाम्रा भाइ तिमोथी कैदबाट छोडिएका छन् भन्‍ने तिमीहरूले जान भनी म चाहन्छु। यदि तिनी चाँडै आए भने म तिनीसितै तिमीहरूलाई हेर्न आउनेछु। तिमीहरूका सबै अगुवाहरू र परमेश्‍वरका जनहरूलाई अभिवादन सुनाइदेओ। इटालीयाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। तिमीहरू सबैसित अनुग्रह रहोस्!

शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्

हिब्रू 13:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक-अर्कालाई दाजुभाइलाई जस्‍तै माया गर्न नछोड। पाहुनाहरूको सेवा-सत्‍कार गर्न नबिर्स। यसरी पाहुनाको सत्‍कार गर्दा कसै-कसैले थाहै नपाई स्‍वर्गदूतको पनि सत्‍कार गरेका थिए। आफू पनि थुनामै परेको सम्‍झेर थुनामा पर्नेहरूको वास्‍ता राख्‍ने गर। दु:ख पाएकाहरूलाई आफैंले दु:ख पाएको जस्‍तै गरी सम्‍झ। विवाहको इज्‍जत सबैले राख्‍नुपर्छ। लोग्‍ने-स्‍वास्‍नी एक-अर्काप्रति विश्‍वासयोग्‍य रहून् किनभने छाडा र अर्काको लोग्‍ने वा स्‍वास्‍नीसँग बिग्रनेहरूलाई परमेश्‍वरले सजाय दिनुहुनेछ। धन-सम्‍पत्तिको माया-मोहमा नफस। आफूसँग जे छ, त्‍यसैमा सन्‍तोष गर्ने गर किनभने परमेश्‍वरले नै भन्‍नुभएको छ, ‘म तिमीलाई कहिल्‍यै छोड्‍नेछैनँ, म तिमीलाई कहिल्‍यै त्‍याग्‍नेछैनँ’।” यसकारण हामी ठूलो साहससँग भन्‍न सक्‍छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्‍छ। म कहिल्‍यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छन्?” तिमीहरूलाई सुरुमा परमेश्‍वरको शिक्षा दिने अगुवाहरूलाई याद गर। उनीहरूको जीवन कस्‍तो थियो र कसरी उनीहरूले यस संसारलाई छोडेर गए, त्‍यो विचार गर। तिमीहरूले पनि उनीहरूले गरेजस्‍तै विश्‍वास गर। येशू ख्रीष्‍ट त हिजो, आज र सधैँभरि एकैनास हुनुहुन्‍छ। धेरै किसिमका अनौठा शिक्षाहरूले तिमीहरूलाई सत्‍य कुरादेखि गलत बाटोमा नलैजाओस्। खानपानका नियमले होइन, परमेश्‍वरकै अनुग्रहले भित्री मनलाई बलियो बनाएको हो। खानपानका नियमहरू मानेर त आत्‍माको काममा कहिल्‍यै कसैलाई फाइदा भएको छैन। हाम्रो एउटा वेदी छ, जसमा चढाएको बलिहरूबाट पवित्र पालमा काम गर्ने पूजाहारीहरूले खानुहुँदैनथ्‍यो। इस्राएली प्रधान पूजाहारीले भित्र महापवित्र स्थानमा पापको लागि बलि चढाउने पशुको रगत लिएर आउँछन्। तर पशुको शरीरचाहिँ छाउनीबाहिर लगेर आगोमा डढाउँछन्। त्‍यसै गरी आफ्‍नै रगतले मानिसहरूलाई पापदेखि शुद्ध पार्न येशू पनि सहरको बाहिर मर्नुभयो। हामी पनि उहाँकहाँ सहरबाहिर गएर उहाँको निम्‍ति अपमान सहौं किनभने यस संसारमा सधैँभरि रही रहने हाम्रो लागि सहर छैन। हामी त पछि आउने सहरको बाटो हेरेर बसिरहेका छौं। यसकारण हामी सधैँ येशूको नाउँमा परमेश्‍वरलाई स्‍तुतिको बलिदान चढाऔं। यो त उहाँको नाउँ लिनेहरूका ओठले चढाएको भेटी हो। एक-अर्काको भलाइ गर्न र मद्दत गर्न नबिर्स। परमेश्‍वरलाई मन पर्ने बलिदान यही नै हो। तिमीहरूका अगुवाहरूको कुरा मान। उनीहरूले सधैँ तिमीहरूका आत्‍माको देखरेख गर्छन् कारण तिनीहरूले आफ्‍नो कामको लेखा परमेश्‍वरलाई दिनुपर्नेछ। तिनीहरूका कुरा मान्‍यौ भने तिनीहरूले आफ्‍नो काम खुसीसँग गर्नेछन्, होइन भने दु:खी भएर काम गर्नेछन्। तिनीहरूलाई दु:खी बनायौ भने तिमीहरूलाई केही फाइदा हुँदैन। हाम्रो लागि प्रार्थना गर्न नछोड। हामीलाई विश्‍वास छ, हाम्रो भित्री मन चोखो छ किनभने हामी सधैँ राम्रो काम गर्न मात्र चाहन्‍छौं। परमेश्‍वरले मलाई छिट्टै तिमीहरूसँग भेट गर्ने मौका देऊन् भनी प्रार्थना गरिदेओ भनेर बिन्‍ती गर्दछु। मृत्‍यु भोगेर भेडाहरूका महान् गोठाला हुनुभएका र आफ्‍नै रगतले सधैँ रहिरहने करार पूरा गर्नुभएका हाम्रा प्रभु येशूलाई शान्‍तिका परमेश्‍वरले मरेकोबाट बिउँताउनुभयो। तिमीहरूले परमेश्‍वरको इच्‍छा पूरा गर्न सक भनेर उहाँले तिमीहरूलाई हरप्रकारका गुणहरू जुटाइदेऊन्। तिमीहरूले उहाँलाई मन पर्ने काम गर्न सक भनेर उहाँले तिमीहरूको हृदयमा काम गरून्। येशू ख्रीष्‍टको सधैँभरि जयजयकार होस्। आमेन। भाइहरू हो, म तिमीहरूसँग बिन्‍ती गर्दछु कि तिमीहरूले यी उत्‍साहका अर्तीहरूलाई झर्को नमानी सुनिदेओ। मैले तिमीहरूलाई लेखेको यो पत्र छोटो छ। हाम्रा भाइ तिमोथी त कैदबाट छुटिसकेका छन् भन्‍ने खबर तिमीहरूलाई दिन चाहन्‍छु। उनी चाँडै यहाँ आए भने म तिमीहरूकहाँ आउँदा उनलाई लिएर आउनेछु। मण्‍डलीका सबै गुरुहरू र परमेश्‍वरका भक्तहरूलाई हाम्रो अभिवादन भनिदेओ। इटालियामा भएका भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्‍वरको अनुग्रह तिमीहरू सबैमा रहिरहोस्।

हिब्रू 13:1-25 पवित्र बाइबल (NERV)

ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोड्नु हुँदैन। मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे। जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफू पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दु:खमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ। सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुइजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ। पैसाको मोहदेखि आफूलाई टाढ़ा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ, “म तिमीलाई कहिल्यै छोड़दिनँ म तिमीदेखि कहिल्यै भाग्दिनँ।” त्यसर्थ ढुक्कसित भनौ, “प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।” आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। येशू ख्रीष्ट हिजो, आज र सधैँ एक समान हुनुहुन्छ। किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन। हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्। त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन। हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैँ जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ। म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढ़ता म केही चाहन्न। म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन। मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन। हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं। तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई अभिवादन भनिदिनु। इटालीयाबाट आएका सबैको अभिवादन। परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्।