हिब्रू 12:3-13
हिब्रू 12:3-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पापी मानिसहरूबाट उहाँले यतिका विरोध कसरी सहनुभयो होला, सो विचार गर र तिमीहरू थाकेर हरेस नखाओ। तिमीहरूले पापको विरोधमा लड्नुपर्दा आफ्नो प्राण गुमाउञ्जेल त लड्नुपरेको छैन। परमेश्वरले छोराहरूलाई झैँ तिमीहरूलाई यसरी अर्ती दिएको तिमीहरूले भुल्यौ, “ए छोरा, प्रभुले तिमीलाई तह लाउन खोज्नुहुँदा ध्यान देऊ अनि उहाँले तिमीलाई हप्काउनुहुँदा हरेस नखाऊ किनभने आफूले प्यार गरेकाहरूलाई नै उहाँले तह लाउन चाहनुहुन्छ अनि आफ्नै छोरा सम्झेका जतिलाई उहाँले सजाय पनि दिनुहुन्छ।” बुबाले नै तह लाउन खोजेका हुन् भन्ने सम्झेर तिमीहरू दु:ख सहने गर। परमेश्वरले तिमीहरूलाई आफ्नै छोरा-छोरीलाई झैँ व्यवहार गर्नुहुन्छ भनेर तिमीहरूले सहनुपरेको दु:खले देखाउँछ। उहाँले तिमीहरूलाई आफ्ना छोरा-छोरीलाई झैँ तह लाउनुभएको छैन भने तिमीहरू उहाँका छोरा-छोरी होइनौ, अर्काका छोरा-छोरी हौ। हाम्रा बुबाहरूले हामीलाई तह लाए र यसका लागि हामी उहाँहरूलाई आदर गर्छौं। हामीहरूका आत्मिक पिता परमेश्वरको अधीनमा झन् कति धेरै बस्नुपर्छ। हाम्रा बुबाहरूले उनीहरूलाई ठीक लागेअनुसार हामीहरूलाई थोरै समयको लागि तह लाउँछन्, तर परमेश्वर पिताले सधैँभरिका लागि हाम्रो भलाइ होस् अनि उहाँजस्तै पवित्र हुन सकौं भनेर नै हामीलाई तह लाउनुहुन्छ। हामीलाई तह लगाएको बेला सुखभन्दा धेरै दु:ख हुन्छ। तर यसले हामी तह लाग्नेहरूलाई परमेश्वरको अघि ठीक राख्दछ र शान्त स्वभावको बनाउँछ। यसकारण गलेका हातहरू उठाऔं। काँपिरहेका गोडाहरू बलिया बनाऔं। सोझो बाटोमा हिंडिरहौं र लुला खुट्टा नखुस्कोस्, बरु निको होस्।
हिब्रू 12:3-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ। पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ। के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताड़ना दिनुहुन्छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” ताड़नाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ। परमेश्वरले तिमीहरूसँग छोरालाई झैँ व्यवहार गर्नुहुन्छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्छ र? तर यदि सबै जना सहभागी भएको त्यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्ना बाबुका खास छोराहरू होइनौ, तर व्यभिचारमा जन्मेका छोराहरू हौ। यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्यौं। के झन् बढ़ी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र? किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्ति उहाँले ताड़ना दिनुहुन्छ। सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ। तिमीहरू हिँड्ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्कोस्, तर निको होस्।
हिब्रू 12:3-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, यसरी तिमीहरू थाक्नेछैनौ र हरेस खानेछैनौ। तिमीहरूको पापको सङ्घर्षको विरुद्धमा तिमीहरूले रगत बग्ने गरी त्यसको विरोध गरेका छैनौ। पिताले आफ्नो पुत्रलाई भनेझैँ तिमीहरूलाई भनिएका परमेश्वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ? “हे मेरा छोराछोरी, परमेश्वरको अनुशासनलाई हल्का नठान; अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ; किनकि परमेश्वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ; अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।” कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र? अनि सबै जना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासनमा राखिएन भने तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ। यसबाहेक हामीलाई अनुशासन राख्ने हाम्रा शारीरिक बुबाहरू थिए, र हामीले तिनीहरूलाई आदर गर्यौँ भने झन् कति बढी हाम्रा आत्माहरूका पिताको अधीनमा रहनुपर्छ र जिउनुपर्छ! उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासनमा राख्नुभयो, तर हामी परमेश्वरको पवित्रतामा सहभागी होऔँ भनेर परमेश्वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासनमा राख्नुहुन्छ। कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्टदायक हुन्छ। तरै पनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्न हुन्छ। यसकारण तिमीहरूका कमजोर हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ। “तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ” ताकि अशक्तको अङ्ग नखुस्कोस्, तर निको होस्।
हिब्रू 12:3-13 पवित्र बाइबल (NERV)
विवादहरू सहनुहुने येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा सम्झ। तिमीहरू पापको विरूद्ध लड्दैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ। तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ: “मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ। प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ, जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।” त्यसैले हरेक दु:खलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्। हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ। यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गर्यौं भने हामीले जीवन पाउनेछौ। हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ। सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं। तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ। असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।