हिब्रू 12:25-28
हिब्रू 12:25-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
होशियार बस, जो बोल्दैहुनुहुन्छ, उहाँलाई तिमीहरू इन्कार नगर। किनकि यदि पृथ्वीमा चेताउनी दिनुहुनेलाई इन्कार गर्नेहरू उम्केनन् भने स्वर्गबाट चेताउनी दिनुहुनेलाई अस्वीकार गर्यौं भने हामी कसरी उम्कन सक्छौं? उहाँको सोरले त्यस बेला पृथ्वी काम्यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्ट, पृथ्वी मात्र होइन, तर स्वर्गलाई समेत म हल्लाउनेछु।” “अझ एक पल्ट” भन्ने वचनले यो देखाउँछ, कि हल्लाउन सकिने कुराहरू, अर्थात् सृष्टि भएका कुराहरू हटाइनेछन्, तर हल्लाउन नसकिने कुराहरू स्थिर रहनेछन्। यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ होऔं। त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणयोग्य हुने आराधना चढ़ाऔं।
हिब्रू 12:25-28 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन भन्ने कुरामा ध्यान देओ। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौं? त्यस बेला त उहाँको सोरले पृथ्वी हल्लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एकपल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्लाउनेछु।” त्यो “फेरि एकपल्ट” भन्ने शब्दहरूले यो देखाउँछ कि, हल्लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्। यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔं
हिब्रू 12:25-28 पवित्र बाइबल (NERV)
होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ? त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी थर्कियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धर्ती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।” यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्। यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ।
हिब्रू 12:25-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
होश राख, तिमीहरूसँग बोल्नुहुनेको आवाजलाई इन्कार नगर। यस पृथ्वीका मानिसबाट दिइएको परमेश्वरको चेतावनी इन्कार गर्नेहरू उम्कन सकेनन् भने झन् स्वर्गबाट बोल्नुहुनेलाई इन्कार गर्यौं भने हामीहरूको गति कस्तो होला? सीनै पहाडमा परमेश्वरले बोल्नुहुँदा पृथ्वी नै हल्लिएको थियो। अहिले त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “म पृथ्वीलाई मात्र होइन, स्वर्गलाई समेत अझै एक पटक हल्लाउनेछु।” यी “अझै एक पटक” भन्ने शब्दले सृष्टिका कुराहरू नै हल्लाइने र हटाइनेछ भन्ने बुझिन्छ। त्यसो हो भने नहल्लिने कुराहरू मात्र रहनेछन्। यसकारण हल्लाउनै नसकिने राज्य हामीले पाएकोमा परमेश्वरलाई धन्यवाद चढाऔं अनि उहाँलाई मन पर्ने किसिमले भक्ति र आदरसँग उहाँको आराधना गरौं