YouVersion लोगो
खोज आइकन

हिब्रू 12:14-29

हिब्रू 12:14-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सबै मानिसहरूसँग मिलेर बस्‍न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्‍न सक्‍नेछैन। होश राख, कसैले पनि परमेश्‍वरको अनुग्रह गुमाउनुनपरोस्, मन तीतो पार्ने विषालु झारझैँ उम्रेर दु:ख दिने नबन, नत्र धेरैलाई अशुद्ध पार्नेछौ। कोही पनि छाडा स्‍वभावको नबन अनि एसावजस्‍तै परमेश्‍वरलाई नखोज्‍ने नहोओ। एसावले त एक छाक खानाको लागि जेठो छोराले पाउने आफ्‍नो हकलाई नै बेचेको थियो। तिमीहरूलाई थाहा नै छ, पछि उसले आफ्‍ना बुबाबाट आशीर्वाद पाउन खोज्‍यो, तर पाएन। उसले आफूले बेचेको हक रोएर फिर्ता लिन खोज्‍दा पनि फिर्ता पाउन सकेन। तिमीहरू छुन सकिने सीनै पर्वतको छेउमा आएका होइनौ, जहाँ आगाको ज्‍वाला निस्‍किरहेथ्‍यो, कालो बादलले ढाकेर हुरी चलिरहेको र अन्‍धकार छाइरहेको थियो। तिनीहरूले त फुकेको तुरही र एउटा ठूलो आवाज सुनेका थिए। यस्‍तो आवाज सुन्‍दा तिनीहरूले अब फेरि त्यो आवाज कहिल्‍यै सुन्‍नुनपरोस् भनेर बिन्‍ती गरेका थिए किनभने जनावरले पनि यस डाँडालाई छोयो भने ढुङ्गाले हानेर मार्नू भन्‍ने कडा आज्ञा तिनीहरूले सहन सकेनन्। त्‍यो दृश्य अति डरलाग्‍दो थियो। यसैले “म त डरले काम्‍दै छु,” भनेर मोशा आफैंले पनि भनेका थिए। तर तिमीहरू त सियोन र जिउँदा परमेश्‍वरको सहर स्‍वर्गीय यरूशलेममा आएका छौ। हजारौं-हजार स्‍वर्गदूतहरू रमाउँदै जम्‍मा भएको ठाउँमा आएका छौ। तिमीहरू परमेश्‍वरकै जेठो हक पाउनेहरूको मण्‍डलीमा पुगेका छौ, जसको नाउँ स्‍वर्गमा पनि लेखिएको छ। तिमीहरू सबै मानिसहरूका न्‍यायाधीश परमेश्‍वरकै अदालतमा र असल मानिसका सिद्ध पारिएका आत्‍माहरू भएको ठाउँमा आइपुगेका छौ। तिमीहरू र परमेश्‍वरका बीचमा नयाँ करार बाँधिदिनुहुने येशूकहाँ आएका छौ। तिमीहरू हाबिलले चढाएको रगतले भन्दा अझ असल कुरा प्रतिज्ञा गर्ने येशूको रगतमा आएका छौ। होश राख, तिमीहरूसँग बोल्‍नुहुनेको आवाजलाई इन्‍कार नगर। यस पृथ्‍वीका मानिसबाट दिइएको परमेश्‍वरको चेतावनी इन्‍कार गर्नेहरू उम्‍कन सकेनन् भने झन् स्‍वर्गबाट बोल्‍नुहुनेलाई इन्‍कार गर्‍यौं भने हामीहरूको गति कस्‍तो होला? सीनै पहाडमा परमेश्‍वरले बोल्‍नुहुँदा पृथ्‍वी नै हल्‍लिएको थियो। अहिले त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “म पृथ्‍वीलाई मात्र होइन, स्‍वर्गलाई समेत अझै एक पटक हल्‍लाउनेछु।” यी “अझै एक पटक” भन्‍ने शब्‍दले सृष्‍टिका कुराहरू नै हल्‍लाइने र हटाइनेछ भन्‍ने बुझिन्‍छ। त्‍यसो हो भने नहल्‍लिने कुराहरू मात्र रहनेछन्। यसकारण हल्‍लाउनै नसकिने राज्‍य हामीले पाएकोमा परमेश्‍वरलाई धन्‍यवाद चढाऔं अनि उहाँलाई मन पर्ने किसिमले भक्ति र आदरसँग उहाँको आराधना गरौं किनभने साँच्‍चै हाम्रा परमेश्‍वर त भस्‍म गर्ने आगो हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्

हिब्रू 12:14-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन। ध्यान देओ, कुनै मानिस परमेश्‍वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्रता तितोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला। अनैतिक सम्बन्ध राख्ने कोही नहोस्, अथवा जेठो छोरा भएर पनि एक छाक खानेकुराको लागि आफ्नो पैतृक अधिकार बेच्ने एसावजस्तै अधर्मी नहोस् भन्‍ने कुरामा ध्यान देओ। पछिबाट आफ्नो पैतृक अधिकार आशिष् उपभोग गर्ने इच्छा गर्दा तिनी तिरस्कृत भएका थिए भन्‍ने तिमीलाई थाहै छ। यद्यपि तिनले आँसुसहित त्यो आशिष् प्राप्‍त गर्न खोजेका थिए; तर तिनले जे गरेका थिए, त्यसलाई सपार्ने मौका नै पाएनन्। तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो। तुरहीको चर्को सोर र शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्‍न नपरोस् भनी बिन्ती गरेका थिए, किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू” भन्‍ने आदेश तिनीहरूले सहन सकेनन्। त्यो दृश्य यति डरलाग्दो थियो, कि मोशाले पनि भने, “म डरले कामिरहेको छु।” तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्‍वरको सहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ, अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नामहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्‍वरकहाँ, र सिद्ध तुल्याइएका धर्मी मानिसहरूका आत्मामा, नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ। होसियार रहो! परमेश्‍वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौँ? त्यस बेला उहाँको सोरले पृथ्वी हल्‍लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एक पल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्‍लाउनेछु।” त्यो “फेरि एक पल्ट” भन्‍ने शब्दहरूले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्‍लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्। यसैकारण हामीले एउटा नहल्‍लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्‍वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔँ; किनकि हाम्रो “परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ।”

शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्

हिब्रू 12:14-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन। ध्‍यान देओ, कि कुनै मानिस परमेश्‍वरको अनुग्रह प्राप्‍त गर्नदेखि वञ्‍चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्‍यसले फूट नल्‍याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्‌। कोही पनि दुराचारी वा एसावजस्‍तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्‍नो ज्‍येष्‍ठ पुत्रको जन्‍मसिद्ध अधिकार बेचिदियो। तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्‍दा पनि ऊ अस्‍वीकृत भयो। किनकि उसले पश्‍चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्‍यो खोजेको थियो। तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्‍ड अग्‍नि, कालो बादल, घोर अन्‍धकार अथवा आँधीको नजिक पनि आएका छैनौ। तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्‍द सुन्‍नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्‌” भनी बिन्‍ती गरे। किनभने “यदि कुनै जनावरले त्‍यो पर्वत छोए, त्‍यसलाई ढुङ्गाले हानेर मार्नू” भन्‍ने आज्ञा तिनीहरूले सहन सकेनन्‌। र त्‍यहाँको दृश्‍य यस्‍तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्‍दछु” भनेका थिए। तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्‍वरको सहर, स्‍वर्गीय यरूशलेममा, र असंख्‍य स्‍वर्गदूतहरूको आनन्‍द-उत्‍सवमा आएका छौ। स्‍वर्गमा नाउँ दर्ता भएका पहिला जन्‍मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्‍यायकर्ता परमेश्‍वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्‍माका बीचमा, र नयाँ करारका मध्‍यस्‍थ येशूको सम्‍मुख तथा छर्किएको त्‍यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्‍दा अझ उत्तम वचन बोल्‍दछ। होशियार बस, जो बोल्‍दैहुनुहुन्‍छ, उहाँलाई तिमीहरू इन्‍कार नगर। किनकि यदि पृथ्‍वीमा चेताउनी दिनुहुनेलाई इन्‍कार गर्नेहरू उम्‍केनन्‌ भने स्‍वर्गबाट चेताउनी दिनुहुनेलाई अस्‍वीकार गर्‍यौं भने हामी कसरी उम्‍कन सक्‍छौं? उहाँको सोरले त्‍यस बेला पृथ्‍वी काम्‍यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्‍ट, पृथ्‍वी मात्र होइन, तर स्‍वर्गलाई समेत म हल्‍लाउनेछु।” “अझ एक पल्‍ट” भन्‍ने वचनले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात्‌ सृष्‍टि भएका कुराहरू हटाइनेछन्, तर हल्‍लाउन नसकिने कुराहरू स्‍थिर रहनेछन्‌। यसकारण हल्‍लाउन नसकिने राज्‍य पाएकोमा हामी कृतज्ञ होऔं। त्‍यसैले हामी भक्ति र भयसाथ परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने आराधना चढ़ाऔं। किनभने हाम्रा परमेश्‍वर भस्‍म पार्ने आगो हुनुहुन्‍छ।

हिब्रू 12:14-29 पवित्र बाइबल (NERV)

सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन। सतर्क बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बञ्चित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बड्नु हुँदैन र अरूलाई बिगार्नु हुँदैन। कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो। तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन। तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए। यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे। तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।” तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।” तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आइपुगेकाछौ। तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्। तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ। होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ? त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी थर्कियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धर्ती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।” यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्। यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ। किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।

शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्

हिब्रू 12:14-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सबै मानिसहरूसँग मिलेर बस्‍न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्‍न सक्‍नेछैन। होश राख, कसैले पनि परमेश्‍वरको अनुग्रह गुमाउनुनपरोस्, मन तीतो पार्ने विषालु झारझैँ उम्रेर दु:ख दिने नबन, नत्र धेरैलाई अशुद्ध पार्नेछौ। कोही पनि छाडा स्‍वभावको नबन अनि एसावजस्‍तै परमेश्‍वरलाई नखोज्‍ने नहोओ। एसावले त एक छाक खानाको लागि जेठो छोराले पाउने आफ्‍नो हकलाई नै बेचेको थियो। तिमीहरूलाई थाहा नै छ, पछि उसले आफ्‍ना बुबाबाट आशीर्वाद पाउन खोज्‍यो, तर पाएन। उसले आफूले बेचेको हक रोएर फिर्ता लिन खोज्‍दा पनि फिर्ता पाउन सकेन। तिमीहरू छुन सकिने सीनै पर्वतको छेउमा आएका होइनौ, जहाँ आगाको ज्‍वाला निस्‍किरहेथ्‍यो, कालो बादलले ढाकेर हुरी चलिरहेको र अन्‍धकार छाइरहेको थियो। तिनीहरूले त फुकेको तुरही र एउटा ठूलो आवाज सुनेका थिए। यस्‍तो आवाज सुन्‍दा तिनीहरूले अब फेरि त्यो आवाज कहिल्‍यै सुन्‍नुनपरोस् भनेर बिन्‍ती गरेका थिए किनभने जनावरले पनि यस डाँडालाई छोयो भने ढुङ्गाले हानेर मार्नू भन्‍ने कडा आज्ञा तिनीहरूले सहन सकेनन्। त्‍यो दृश्य अति डरलाग्‍दो थियो। यसैले “म त डरले काम्‍दै छु,” भनेर मोशा आफैंले पनि भनेका थिए। तर तिमीहरू त सियोन र जिउँदा परमेश्‍वरको सहर स्‍वर्गीय यरूशलेममा आएका छौ। हजारौं-हजार स्‍वर्गदूतहरू रमाउँदै जम्‍मा भएको ठाउँमा आएका छौ। तिमीहरू परमेश्‍वरकै जेठो हक पाउनेहरूको मण्‍डलीमा पुगेका छौ, जसको नाउँ स्‍वर्गमा पनि लेखिएको छ। तिमीहरू सबै मानिसहरूका न्‍यायाधीश परमेश्‍वरकै अदालतमा र असल मानिसका सिद्ध पारिएका आत्‍माहरू भएको ठाउँमा आइपुगेका छौ। तिमीहरू र परमेश्‍वरका बीचमा नयाँ करार बाँधिदिनुहुने येशूकहाँ आएका छौ। तिमीहरू हाबिलले चढाएको रगतले भन्दा अझ असल कुरा प्रतिज्ञा गर्ने येशूको रगतमा आएका छौ। होश राख, तिमीहरूसँग बोल्‍नुहुनेको आवाजलाई इन्‍कार नगर। यस पृथ्‍वीका मानिसबाट दिइएको परमेश्‍वरको चेतावनी इन्‍कार गर्नेहरू उम्‍कन सकेनन् भने झन् स्‍वर्गबाट बोल्‍नुहुनेलाई इन्‍कार गर्‍यौं भने हामीहरूको गति कस्‍तो होला? सीनै पहाडमा परमेश्‍वरले बोल्‍नुहुँदा पृथ्‍वी नै हल्‍लिएको थियो। अहिले त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “म पृथ्‍वीलाई मात्र होइन, स्‍वर्गलाई समेत अझै एक पटक हल्‍लाउनेछु।” यी “अझै एक पटक” भन्‍ने शब्‍दले सृष्‍टिका कुराहरू नै हल्‍लाइने र हटाइनेछ भन्‍ने बुझिन्‍छ। त्‍यसो हो भने नहल्‍लिने कुराहरू मात्र रहनेछन्। यसकारण हल्‍लाउनै नसकिने राज्‍य हामीले पाएकोमा परमेश्‍वरलाई धन्‍यवाद चढाऔं अनि उहाँलाई मन पर्ने किसिमले भक्ति र आदरसँग उहाँको आराधना गरौं किनभने साँच्‍चै हाम्रा परमेश्‍वर त भस्‍म गर्ने आगो हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्

हिब्रू 12:14-29

हिब्रू 12:14-29 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter