YouVersion लोगो
खोज आइकन

हिब्रू 11:35-38

हिब्रू 11:35-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

स्‍त्रीहरूले आफ्‍ना मरेकाहरूलाई पुनरुत्‍थानद्वारा जीवित पाए। अरूहरूले मृत्‍युपछि अझ उत्तम जीवन प्राप्‍त गर्नलाई छुटकारा इन्‍कार गरेर बरु सास्ती भोगे। अरूहरूले गिल्‍ला, कोर्राबाजी, बन्‍धन र कैद पनि भोग्‍नुपर्‍यो। तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए। तिनीहरू तरवारले मारिए। भेड़ा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्‍लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँड़े। संसार तिनीहरूका निम्‍ति योग्‍यको थिएन। मरुभूमि, पहाड़हरू, गुफाहरू र पृथ्‍वीका ओड़ारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्‌नुपर्‍यो।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:35-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

स्त्रीहरूले आफ्ना प्रिय जनहरूलाई मृत्युबाट फेरि जीवित प्राप्‍त गरे। अरूहरू सताइए, र अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्न सकौँ भनेर छुटकारा पनि अस्वीकार गरे। कतिले गिल्‍ला र कोर्राको सामना गरे, कतिपयहरूचाहिँ साङ्लाले बाँधिएर कैदमा हालिए। तिनीहरू ढुङ्गाले हानेर मारिए, करौँतीले दुई फ्याक पारिए, र तिनीहरू तरवारद्वारा मारिए। तिनीहरू भेडा र बाख्राका छाला लगाएर भौँतारिँदै हिँडे; दरिद्रतामा परे, सताइएर दुर्व्यवहारमा परे। संसार तिनीहरूका लागि योग्यको थिएन। तिनीहरू पाखापखेरा, गुफाहरू र खाडलहरूभित्र रहँदै मरुभूमि र पहाडहरूमा भौँतारिँदै हिँडे।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:35-38 पवित्र बाइबल (NERV)

मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैंले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे। कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङ्गलोले बाँधेर कैदखानामा फ्याँकियो। कतिलाई ढुङ्गाले हिर्काएर मारियो, र कतिलाई चिरेर दुइ फ्याक पारियो। कतिलाई तरवारले छिनाइयो। कसै-कसैले भेंड़ा र बाख्राका छाला लाउँथे, तिनीहरू गरीब, सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए। यस्ता मानिसहरू पाउन संसार योग्य थिएन यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरूभूमिहरूमा भड्किहिंड्थे, पृथ्वीका ओडार र गुफ़ातिर बसिहिँड्थे।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:35-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

विश्‍वासले नै स्‍त्रीहरूले आफन्‍तहरूलाई मरेकोबाट बिउँतेका पाए। अरू कतिले चाहिँ मरेपछि फेरि बिउँतेर अझै राम्रो जीवन पाउन सास्‍ती सहेर मर्न रुचाए। कतिले गिल्‍ला सहनुपर्‍यो, कोर्रा खानुपर्‍यो अनि अरूले चाहिँ बाँधिएर कैदी हुनुपर्‍यो। मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानेर मारे, आराले चिरे अनि तरवारले काटे। तिनीहरूले गरीब भएर भेडाबाख्राका छाला बेरेर जिउ ढाके अनि थिचोमिचोमा परेर दु:ख पाउँदै हिंड्‍नुपर्‍यो। संसार तिनीहरूको लागि लायकको थिएन। तिनीहरूले उजाड-स्थान, पखेरामा भाग्‍दै हिंड्‍नुपर्‍यो, गुफा र ओढारतिर बस्‍नुपर्‍यो।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्