YouVersion लोगो
खोज आइकन

हिब्रू 11:13-16

हिब्रू 11:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

प्रतिज्ञा गरिएको कुरा प्राप्‍त नगरी यिनीहरू सबै विश्‍वासैमा मरे, तर टाढ़ैबाट त्‍यसलाई देखेर स्‍वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्‍वीमा परदेशी र प्रवासी थिए। यस्‍ता कुरा भन्‍ने मानिसहरूले आफ्‍नो निम्‍ति एउटा देश खोजिरहेका छन्‌ भन्‍ने कुरा प्रष्‍ट हुन्‍छ। जुन देशबाट तिनीहरू निस्‍केर गएका थिए, यदि तिनीहरूले त्‍यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्‍ने थियो। तर तिनीहरू अझ उत्तम देश, अर्थात्‌ एक स्‍वर्गीय देशको इच्‍छा गर्छन्‌। यसैकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर भनी पुकारिनु शर्माउनुहुन्‍न, किनभने उहाँले तिनीहरूका निम्‍ति एउटा सहर तयार पारिदिनुभएको छ।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:13-16 नेपाली समकालीन संस्करण (NCV)

यी सबै मानिसहरू मृत्युसम्म विश्‍वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर (विश्‍वासद्वारा) तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए। यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन् कि, तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूका आफ्नै थियो। यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो। यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुँ भन्‍न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा शहर तयार गरिदिनुभएको छ।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:13-16 पवित्र बाइबल (NERV)

यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे। जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्। तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए। तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यी सबै मानिसहरू विश्‍वास गरेर मरे। परमेश्‍वरले दिन्‍छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्‍वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्‍वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्‍वीमा बाटो हिंड्‍ने परदेशी र शरणार्थी सम्‍झे। यसो भन्‍नेहरूले त आफ्‍नै एउटा देश खोजिरहेका छन् भनी बुझिन्‍छ। आफूले छोडेर आएकै पहिलेको देशलाई तिनीहरूले सम्‍झिरहेनन्। त्‍यही देशलाई सम्‍झेका भए त फेरि तिनीहरू त्‍यहीं जान सक्‍थे। तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्‍वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्‍वर हुँ भन्‍न पनि परमेश्‍वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्