हिब्रू 10:24-25
हिब्रू 10:24-25 नेपाली समकालीन संस्करण (NCV)
अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौं; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौं।
हिब्रू 10:24-25 पवित्र बाइबल (NERV)
हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ। हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।
हिब्रू 10:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
हिब्रू 10:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामी आपसमा एक-अर्कालाई प्रेम र भलाइ गर्ने कुरामा, उत्साह दिने कुरामा विचार गर्ने गरौं। कसै-कसैको संगतिमा नआउने बानी छ। त्यसो नगरौं। त्यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।