हिब्रू 10:16-18
हिब्रू 10:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“ती दिनपछि तिनीहरूसँग बाँध्ने मेरो करार यही हो, परमप्रभु भन्नुहुन्छ, तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु।” तब उहाँ भन्नुहुन्छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झनेछैनँ।” अब जहाँ यी सबैको क्षमा हुन्छ, त्यहाँ अब फेरि पापको निम्ति कुनै बलि छैन।
हिब्रू 10:16-18 नेपाली समकालीन संस्करण (NCV)
“त्यो समयपछि पछि म तिनीहरूसित जुन करार बाँध्नेछु, त्यो यही हो, प्रभु भन्नुहुन्छ, म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र म ती तिनीहरूका मनमा लेखिदिनेछु।” तब उहाँ फेरि भन्नुहुन्छ: “म तिनीहरूका पाप र कुकर्महरू कहिल्यै सम्झनेछैनँ।” अनि जब यी क्षमा हुन्छन्, पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन।
हिब्रू 10:16-18 पवित्र बाइबल (NERV)
“त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।” तब उहाँ भन्नुहुन्छ: “अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु, र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।” अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
हिब्रू 10:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘आउने दिनहरूमा तिनीहरूसँग बाँध्ने नयाँ करार यही हो। मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु अनि त्यो तिनीहरूका मनमा लेखिदिनेछु’।” उहाँले अझै भन्नुहुन्छ, “फेरि म तिनीहरूका पाप र नराम्रा कामहरू सम्झनेछैनँ।” यसकारण यी सबै पाप क्षमा भएपछि फेरि पाप मेटाउन बलिदान चाहिएन।