YouVersion लोगो
खोज आइकन

हिब्रू 1:8-12

हिब्रू 1:8-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर पुत्रको विषयमा चाहिँ उहाँ भन्‍नुहुन्‍छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हो। तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।” उहाँ फेरि भन्‍नुहुन्‍छ, “हे परमप्रभु, तपाईंले आदिमा पृथ्‍वीको जग बसाल्‍नुभयो, र आकाशमण्‍डल तपाईंका बाहुलीको काम हो। तिनीहरू त नष्‍ट हुनेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्‍छ। तिनीहरू वस्‍त्रझैँ पुराना भइहाल्‍नेछन्, खास्‍टोझैँ तपाईंले तिनीहरूलाई लपेट्‌नुहुन्‍छ, वस्‍त्रझैँ ती फेरिनेछन्‌। तर तपाईं एकैनास हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य कहिल्‍यै हुनेछैन।”

शेयर गर्नुहोस्
हिब्रू 1 पढ्नुहोस्

हिब्रू 1:8-12 नेपाली समकालीन संस्करण (NCV)

तर पुत्रको विषयमा उहाँ भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; र तपाईंको राज्यको राजदण्ड चाहिँ न्यायको राजदण्ड हुनेछ। तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभयो; यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई हर्षको तेलले अभिषेक गरेर तपाईंका साथीहरूभन्दा माथि राख्नुभएको छ।” उहाँ यसो पनि भन्‍नुहुन्छ, “हे प्रभु, आदिमा तपाईंले पृथ्वीका जगहरू बसाल्नुभयो, र आकाश तपाईंका हातका काम हुन्। तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू वस्त्रझैं पुराना भइजानेछन्। तपाईंले तिनीहरूलाई वस्त्रलाईझैं लपेट्नुहुनेछ, वस्त्रझैं ती बदली हुनेछन्। तर तपाईं एकैनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।”

शेयर गर्नुहोस्
हिब्रू 1 पढ्नुहोस्

हिब्रू 1:8-12 पवित्र बाइबल (NERV)

तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो: “हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ। न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ। तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई, तपाईंका साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।” परमेश्वर अझै भन्नुहुन्छ, “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो, अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्। यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ। अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्। तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झैं बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”

शेयर गर्नुहोस्
हिब्रू 1 पढ्नुहोस्

हिब्रू 1:8-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर पुत्रको बारेमा परमेश्‍वर भन्‍नुहुन्‍छ, “हे परमेश्‍वर, तपाईंको राज्‍य सधैँभरि रहनेछ। तपाईंले न्‍यायसँग राज्य गर्नुहुन्‍छ। ठीक कुरा तपाईं मन पराउनुहुन्‍छ र झूटो कुरालाई तपाईंले घृणा गर्नुहुन्‍छ। त्‍यसैकारण परमेश्‍वरले, अँ, तपाईंका परमेश्‍वरले तपाईंलाई छान्‍नुभयो अनि तपाईंका साथीहरूभन्दा कता हो कता बढ्ता सम्‍मानको आनन्‍द तपाईंलाई दिनुभयो।” उहाँले फेरि भन्‍नुभयो, “प्रभु, सुरुमा तपाईंले नै पृथ्‍वीको जग बसाल्‍नुभयो। तपाईंले आफ्‍नै हातले आकाशहरू बनाउनुभयो। ती सबै फेरि बिलाएर जानेछन्। तर तपाईं त सधैँ रहनुहुन्‍छ। सृष्‍टि त पुराना लुगाजस्‍तै च्‍यातिएर जानेछ, तपाईंले तिनीहरूलाई लुगाजस्‍तै गरी बेर्नुहुन्‍छ अनि तिनीहरू लुगाजस्‍तै फेरिनेछन्। तर तपाईं त सधैँ एकैनास रहनुहुन्‍छ। तपाईं कहिल्‍यै मर्नुहुनेछैन।”

शेयर गर्नुहोस्
हिब्रू 1 पढ्नुहोस्