उत्पत्ति 9:13-16
उत्पत्ति 9:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म बादलमा मेरो इन्द्रेनी राख्तछु, र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ। जहिले-जहिले म पृथ्वीमा बादल फिँजाउँछु र बादलमा इन्द्रेनी देखा पर्छ, मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउनेछैन। जुन बेला बादलमा इन्द्रेनी देखा पर्छ, म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु, जो परमेश्वर र पृथ्वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”
उत्पत्ति 9:13-16 पवित्र बाइबल (NERV)
तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो। जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ। म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन। जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैँ सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरू बिचमा भएको करार सम्झना गर्नेछु।”
उत्पत्ति 9:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म मेरो धनु बादलमा राख्नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ। जहिले-जहिले म आकाश बादलले ढाक्दछु र त्यहाँ इन्द्रेणी देखा पर्दछ, तब म प्रलयका भलले फेरि कहिल्यै पनि सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ भनी तिमीहरू र सम्पूर्ण पशुहरूसित गरेको आफ्नो करारलाई याद गर्नेछु। जब बादलमा इन्द्रेणी देखा पर्दछ, म त्यसलाई देखेर आफूले पृथ्वीका सबै जिउँदा प्राणीहरूसित सदाकालको लागि गरेको करारलाई याद गर्नेछु।