उत्पत्ति 7:23-24
उत्पत्ति 7:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे। अनि पृथ्वीमा पानी एक सय पचास दिनसम्म रहिरह्यो।
शेयर गर्नुहोस्
उत्पत्ति 7 पढ्नुहोस्उत्पत्ति 7:23-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे। पृथ्वीमाथि पानी एक सय पचास दिनसम्म जलमग्न भइरह्यो।
शेयर गर्नुहोस्
उत्पत्ति 7 पढ्नुहोस्उत्पत्ति 7:23-24 पवित्र बाइबल (NERV)
यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे। एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।
शेयर गर्नुहोस्
उत्पत्ति 7 पढ्नुहोस्