YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 7:1-6

उत्‍पत्ति 7:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्‍तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। सबै जातका शुद्ध पशुहरूमध्‍येका सात जोड़ी, अर्थात्‌ भाले र पोथी, र जुन-जुन शुद्ध छैनन्‌ तिनीहरूमध्‍येका दुई, अर्थात्‌ भाले र पोथी, र पक्षीहरूमध्‍येका पनि सात जोड़ी, अर्थात्‌ भाले र पोथी समस्‍त पृथ्‍वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्‍न तिनीहरूलाई तैंले ल्‍याउनू। अबको सात दिनमा म पृथ्‍वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्‍वीबाट नाश गर्नेछु।” तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे। नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 7 पढ्नुहोस्

उत्‍पत्ति 7:1-6 पवित्र बाइबल (NERV)

त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमा पस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखें। सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरू र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु। अनि सबै जातका चराहरूबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरू अरू सबै ध्वंश गरिए पछि यिनीहरूका जातिहरूलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ। अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरू ध्वंश पार्नेछु।” अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे। जब पृथ्वीमा प्रलय आयो नूह 600 बर्ष पुगेका थिए

शेयर गर्नुहोस्
उत्‍पत्ति 7 पढ्नुहोस्

उत्‍पत्ति 7:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले नोआलाई भन्‍नुभयो, “आफ्‍ना जहान सबै सँगै लिएर भित्र जा। संसारभरिमा ठीक काम गर्ने तँलाई मात्र मैले पाएँ। विधिअनुसार जुन पशुहरू शुद्ध छन्, तिनका सात-सात जोडी तर अशुद्ध पशुहरूका चाहिँ एक-एक जोडी मात्र आफूसँग लिनू। पंक्षीहरू पनि हरथरी सात-सात जोडी लिनू। त्‍यसो गर्नुपर्छ किनभने हरथरीका पशु-पंक्षी बचाएर राख्‍नुपर्छ र तिनीहरू फेरि पृथ्‍वीमा बढ्दै जानेछन्। अबको सात दिनपछि म वर्षा ल्‍याउनेछु, पानी चालीस दिन र चालीस रातसम्‍म पर्नेछ र मैले बनाएका सबै जिउँदा प्राणीहरू नाश हुनेछन्।” परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे। नोआको उमेर ६०० वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 7 पढ्नुहोस्