YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 6:5-10

उत्‍पत्ति 6:5-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो। पृथ्‍वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो। त्‍यसकारण परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्‍तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।” तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। नोआको वृत्तान्‍त यही हो। आफ्‍नो पुस्‍तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिँड्‌ने गर्थे। नोआका तीन जना छोराहरू जन्‍मे— शेम, हाम र येपेत।

शेयर गर्नुहोस्
उत्‍पत्ति 6 पढ्नुहोस्

उत्‍पत्ति 6:5-10 पवित्र बाइबल (NERV)

परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो। अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो। तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।” तर नूहले परमप्रभुलाई खुशी तुल्याए। यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए। नूहका तीन छोराहरू शेम, हाम र येपेत नाउँ भएका थिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 6 पढ्नुहोस्

उत्‍पत्ति 6:5-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पृथ्‍वीका सबै बासिन्‍दाहरू कति दुष्‍ट भएका थिए र तिनीहरू कसरी सधैँभरि खराबै मात्र सोचिरहन्‍थे भनी जब परमप्रभुले देख्‍नुभयो, तब मैले किन यिनीहरूलाई बनाएछु र पृथ्‍वीमा राखेछु भनी उहाँले अफसोस गर्नुभयो। उहाँ यति दु:खित हुनुभयो कि उहाँले यसो भन्‍नुभयो, “म यी मैले बनाएका मानिसहरू, पशुहरू र चरा-चुरुङ्गीहरू पनि पृथ्‍वीबाट मेटिदिनेछु किनभने ती बनाएकोमा मलाई अफसोस छ।” तर परमप्रभु नोआसित प्रसन्‍न हुनुहुन्‍थ्‍यो। यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्‍नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्‍वरको साथमा रहन्‍थे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 6 पढ्नुहोस्