उत्पत्ति 45:25-28
उत्पत्ति 45:25-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्ना बुबा याकूबकहाँ आए। उनीहरूले तिनलाई भने, “योसेफ त अझै जीवितै रहेछन्, र मिश्रका अधिपति तिनी नै भएका रहेछन्।” यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो। तिनले उनीहरूको कुरा पत्याएनन्। तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाड़ाहरू देखेपछि उनीहरूका बुबा याकूबको होश फर्क्यो। र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।”
उत्पत्ति 45:25-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी उनीहरू इजिप्टदेखि हिँडे, र कनान देशमा आफ्ना पिता याकोबकहाँ आए। उनीहरूले तिनलाई भने, “योसेफ अझै जीवित छन्! अनि वास्तवमा तिनी समस्त इजिप्टका शासक हुन्।” यो कुरा सुनेर याकोब स्तब्ध भए; तिनले तिनीहरूका कुरा पत्याएनन्। तर जब योसेफले उनीहरूलाई भनेका सबै कुराहरू तिनलाई बताइदिए र जब तिनले योसेफले तिनलाई यात्राका लागि पठाएका गाडाहरू देखे, तब उनीहरूका पिता याकोबको होस फर्क्यो। इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्ने मलाई विश्वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।”
उत्पत्ति 45:25-28 पवित्र बाइबल (NERV)
यसर्थ ती दाज्यू-भाइहरू मिश्र देश छोडी तिनीहरूका पिता भएका देश कनानमा गए। दाज्यू-भाइहरूले उनलाई भने, “बाबु, यूसुफ अझसम्म जीवित छ। अनि त्यो समस्त मिश्र देशको शासक छ।” तिनीहरूका बाबुले के सोच्नु पर्ने केही जानेन। प्रथम त, तिनले आफ्ना छोराहरूको कुरामा विश्वास गरेनन्। तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए। इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यूसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेट्न जानेछु।”
उत्पत्ति 45:25-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरू मिश्रदेखि हिँडे र कनानमा आफ्ना बुबाकहाँ गए। तिनीहरूले भने, “योसेफ अझैसम्म जिउँदै रहेछन्। उनी सारा मिश्रको हाकिम भएका छन्,” याकूब झसङ्ग भए र तिनीहरूको कुरा पत्याउन सकेनन्। तर जब तिनीहरूले योसेफले भनेका सबै कुरा सुनाए र उनलाई मिश्रमा लैजान योसेफले पठाएका गाडाहरू उनले देखे, तब उनको चित्त बुझ्यो। उनले भने, “मेरो छोरो योसेफ अझैसम्म जिउँदै रहेछ। यति भए मलाई पुग्यो, अब गएर मर्नुभन्दा अघि त्यसको मुख हेर्नेछु।”