YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 45:19-24

उत्‍पत्ति 45:19-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: तिम्रा बालबच्‍चा र तिम्रा पत्‍नीहरूका निम्‍ति मिश्रबाट गाड़ाहरू पनि लैजाओ, र तिमीहरूका बुबालाई लिएर आओ। तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्‌।” इस्राएलका छोराहरूले त्‍यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्‍ति सामलतुमल दिए। उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए। तर बेन्‍यामीनलाई चाहिँ चाँदीका तीन सय सिक्‍का र पाँच जोर लुगा दिए। आफ्‍ना बुबाको निम्‍ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी। अनि तिनले आफ्‍ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनले उनीहरूलाई भने, “बाटोमा झगड़ा नगर।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 45 पढ्नुहोस्

उत्‍पत्ति 45:19-24 पवित्र बाइबल (NERV)

त्यसपछि फिरऊनले भने, “तिम्रा दाज्यू-भाइहरूलाई यहाँ भएका गाडीहरू मध्ये सबभन्दा असल चाँहि दिनु। तिनीहरूलाई भन ती गाडीहरूमा तिनीहरू कनान गएर आफ्ना बाबु र जहान, छोरा-छोरीहरू लिएर आउनु। आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसँगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।” यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए। यूसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए। यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए। त्यसपछि यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यूसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाइँ नगर्नु।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 45 पढ्नुहोस्

उत्‍पत्ति 45:19-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूलाई भन कि तिनीहरूका जहान, बालबच्‍चाहरूका लागि र बुबालाई साथमा लिई आउन गाडाहरू मिश्रदेखि लिएर जाऊन्। आफ्‍नो सम्‍पत्ति कनानमा छोडिराख्‍नुपर्‍यो भने पनि तिनीहरू सुर्ताउनुपर्दैन। मिश्रदेशको सबैभन्दा असल कुराहरू तिनीहरूका हुनेछन्।” याकूबका छोराहरूले तिनीहरूलाई भनेअनुसार गरे। राजाको आज्ञाअनुसार योसेफले तिनीहरूलाई गाडाहरू र बाटोमा खाने सामल-तुमल दिए। उनले हरेकलाई एकसरो लुगा-फाटा पनि दिए तर बेन्‍यामीनलाई पाँचसरो लुगा र चाँदीका तीन सय टुक्राहरू दिए। बुबालाई उनले मिश्रको सबैभन्दा असल थोकहरूले लादेका दश गधा र तिनको बुबाको यात्राको लागि अन्‍न, रोटी र अन्‍य खानेकुरा लादेका दश गधा पठाइदिए। उनले दाजुभाइहरूलाई बिदा गरे र बिदा गर्दा तिनीहरूलाई भने, “बाटोमा आपसमा झगडा नगर्नू है?”

शेयर गर्नुहोस्
उत्‍पत्ति 45 पढ्नुहोस्