उत्पत्ति 43:13-14
उत्पत्ति 43:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो भाइलाई पनि साथमा लिएर ती मानिसकहाँ फेरि जाओ। तिमीहरूको अर्को भाइ र बेन्यामीनलाई छुटकारा दिन ती मानिसको सामुन्ने सर्वशक्तिमान् परमेश्वरले तिमीहरूमाथि कृपा गरून्। म निर्वंश हुनैपर्छ भने होस्।”
उत्पत्ति 43:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भाइलाई लिएर जाओ र छिट्टै फर्किहाल। सर्वशक्तिमान् परमेश्वरले ती मानिसलाई तिमीहरूमाथि दयालु बनाऊन् र तिनले बेन्यामीन र अर्को भाइलाई तिमीहरूसितै फर्काइदेऊन्। मैले मेरा छोराहरू गुमाउनुपर्ने हो भने त्यस्तै होस्।”
उत्पत्ति 43:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूको भाइ पनि लगेर ती मानिसकहाँ झट्टै जाओ। अनि सर्वशक्तिमान् परमेश्वरले ती मानिसको सामु तिमीहरूमाथि दया देखाऊन्, र तिनले तिमीहरूको भाइ सिमियोन र बेन्यामीनलाई तिमीहरूसित फर्केर आउन देऊन्। यदि म शोकमा विक्षिप्त हुनुपर्ने हो भने पनि होउँला।”
उत्पत्ति 43:13-14 पवित्र बाइबल (NERV)
बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ। म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”