उत्पत्ति 41:49-52
उत्पत्ति 41:49-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योसेफले समुद्रका बालुवासरी प्रशस्त मात्रामा अनाजहरू सञ्चय गरे, यहाँसम्म कि ती अघोर प्रशस्त भएको कारणले तिनले हिसाब राख्न पनि छोड़िदिए। अनिकालका वर्ष आउन अघि ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मिसकेका थिए। जेठाको नाउँ योसेफले मनश्शे राखे, र तिनले भने, “परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाका घरको सम्झना मलाई बिर्साउनुभएको छ।” अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनुभएको छ।”
उत्पत्ति 41:49-52 पवित्र बाइबल (NERV)
समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो। यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ बर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे। यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।” तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।”
उत्पत्ति 41:49-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यति बिघ्न अन्न उम्रियो कि योसेफले तौलन पनि छोडिदिए। ती समुद्रको बालुवासरि भएका थिए। अनिकाल सुरु हुनुभन्दा अघि आसनतले योसेफका दुई भाइ छोराहरू जन्माइन्। उनले भने, “परमेश्वरले मेरो सारा दु:ख-कष्ट र बुबाको परिवारको सम्झना बिर्सन लाउनुभयो र उनले जेठो छोराको नाम मनश्शे राखे। उनले फेरि यसो पनि भने, परमेश्वरले मलाई कष्ट पाएको देशमा छोराहरू दिनुभयो र दोस्रो छोराको नाम एफ्राइम राखे।