उत्पत्ति 41:28-30
उत्पत्ति 41:28-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ। इजिप्टभरि सात वर्षसम्म ठूलो सहकाल हुनेछ; तर त्यसपछि सात वर्षसम्म अनिकालले पछ्याउनेछ। तब इजिप्टमा भएका सबै सहकालहरू बिर्सिइनेछ; अनि अनिकालले देशलाई नाश पार्नेछ।
उत्पत्ति 41:28-30 पवित्र बाइबल (NERV)
यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ? मिश्र देशमा सात बर्ष प्रचूर अन्न हुने छ। तर त्यसपछि फेरि सात बर्ष अनिकाल लाग्ने छ। मिश्र देशका मानिसहरूले अतीतमा कति अन्न उब्जनी गरेका थिए बिर्सनेछन्। अन्न र पानीको अभावले देश नष्ट हुने छ।
उत्पत्ति 41:28-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले भनेअनुसार यो हुनेछ। परमेश्वरले के गर्न लाग्नुभएको छ, त्यो तपाईंलाई देखाउनुभएको छ। सात वर्षसम्म सारा मिश्रदेशमा ठूलो सहकाल हुनेछ। त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ। अनिकालले देश खतम पार्नेछ र ती सहकालका वर्षहरू सबैले भुल्नेछन्।
उत्पत्ति 41:28-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यो मैले फारोलाई निवेदन गरेजस्तै हो— आफूले गर्न लाग्नुभएको कार्य फारोलाई परमेश्वरले देखाउनुभएको हो। मिश्रदेशभरि जताततै सात वर्षसम्म ठूलो सहकाल हुनेछ, तर त्यसपछि अनिकालका सात वर्ष आउनेछन्, र मिश्रभरि त्यो सहकालको समय बिर्सिनेछ, र अनिकालले देश स्वाहा पार्नेछ।