उत्पत्ति 41:15-16
उत्पत्ति 41:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फारोले योसेफलाई भने, “मैले एउटा सपना देखें। तर यहाँ कसैले त्यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुनें, कि सपना सुनेपछि तैंले अर्थ खोल्न सक्छस् रे।” योसेफले फारोलाई भने, “यस्तो ज्ञान त ममा छैन। तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ।”
उत्पत्ति 41:15-16 पवित्र बाइबल (NERV)
फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।” यूसूफले उत्तर दिए, “म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।”
उत्पत्ति 41:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाले उनलाई भने, “मैले एउटा सपना देखेको छु, जसको अर्थ कसैले लाउन सकेन। तिमीले सपनाको अर्थ लाउन सक्छौ भनेर मैले सुनेको छु।” योसेफले उत्तर दिए, “हजुर! मसँग त्यस्तो ज्ञान त छैन तर परमेश्वरले सपनाको मिल्ने अर्थ खोलिदिनुहुन्छ।”