उत्पत्ति 4:6-7
उत्पत्ति 4:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैंले ठीक काम गरिनस् भनेता पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।”
उत्पत्ति 4:6-7 पवित्र बाइबल (NERV)
परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”
उत्पत्ति 4:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो? तैँले ठीक काम गरेको भए, तँ हाँस्न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्यसले तँलाई अधीन गर्न खोज्छ तर तैँले त्यसलाई अधीन गर्नुपर्छ।”