उत्पत्ति 4:1-2
उत्पत्ति 4:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्माएँ।” फेरि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए।

उत्पत्ति 4:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “याहवेहको सहायताले मैले एक जना मानिसलाई जन्म दिएकी छु।” त्यसपछि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। अब हाबिल भेडाबाख्राका गोठाला भए, र कयिनचाहिँ खेतको काम गर्ने भए।
उत्पत्ति 4:1-2 पवित्र बाइबल (NERV)
आफ्नी पत्नी हव्वासँग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।” तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेंडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।
उत्पत्ति 4:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आदम आफ्नी स्वास्नीसँग सुते र उनी गर्भवती भइन्। उनले एउटा छोरो जन्माइन् र भनिन्, “परमप्रभुको सहायताले मैले एउटा छोरो पाएकी छु।” उनले त्यसको नाम कयिन राखिन्। पछि उनले अर्को छोरो हाबिल जन्माइन्। हाबिल गोठाला भए तर कयिनले खेतबारीको काम गर्थे।