YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 39:7-12

उत्‍पत्ति 39:7-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

केही समयपछि तिनका मालिककी पत्‍नीले योसेफमाथि नजर लगाएर भनिन्, “मसँग सुत्‌।” तर तिनले अस्‍वीकार गरेर आफ्‍ना मालिककी पत्‍नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्‍मामा दिनुभएको छ। यस घरमा मभन्‍दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्‍नी हुनुहुन्‍छ। तब कसरी यस्‍तो घोर दुष्‍ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्‍न अथवा तिनीसित बस्‍न योसेफ मानेनन्‌। एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्‌। तर आफ्‍नो लुगा तिनकै हातमा छोड़ेर योसेफ भागे, र घरबाट बाहिर निस्‍के।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्

उत्‍पत्ति 39:7-12 पवित्र बाइबल (NERV)

केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।” तर यूसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्। मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।” त्यो स्त्रीले प्रत्येक दिननै यूसुफसित कुरा गर्थी। तर यूसुफले ऊसित सुत्न अस्वीकार गर्दथियो। एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो। उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्

उत्‍पत्ति 39:7-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही समयपछि मालिककी स्‍वास्‍नीले उनलाई मन पराउन लागिन् र आफूसित सुत्‍न बोलाइन्। उनी मानेनन् र भने, “हेर्नुहोस्, म यहाँ भएकोले मालिकले घरको केही कुराको फिक्री गर्नुहुन्‍न। आफ्‍नो सबै थोक उहाँले मेरै जिम्‍मामा दिनुभएको छ। यस घरमा मालिकको बराबर मेरो अधिकार छ। तपाईंबाहेक अरू सबै थोक उहाँले मलाई दिनुभएको छ। यस्‍तो दुष्‍ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्‍छु?” तिनले दिनदिनै योसेफलाई बोलाउँथिन् तर योसेफ तिनीसित सुत्‍न मान्‍दैनथे। तर एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र पसेको बेलामा त्‍यहाँ घरको अरू चाकर कोही थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, “मसँग सुत्‍न आऊ।” तर उनी फुत्‍केर घरबाट भागे। उनको लुगा मालिक्‍नीकै हातमा थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्